पोखरा । रूपा गाउँपालिकाले आयोजना गरेको शिक्षक तथा विद्यार्थी प्रतिभा पहिचान कार्यक्रममा शिवालय माविले विद्यार्थीतर्फका दुवै विधामा प्रथम स्थान हासिल गरेको छ ।
पुस
१६ र १७ गरी २ दिनसम्म सञ्चालित शिक्षक र विद्यार्थीहरूबिच छुट्टाछुट्टै आयोजना
गरिएको नृत्य र वक्तृत्वकला प्रतियोगितामा विद्यार्थीतर्फ दुवैमा रूपा-२, थुम्कीस्थित
शिवालयले प्रथम स्थान हात पारेको हो । नृत्यतर्फ शिवालयका करुणा ओझा र मुस्कान
विकको समूह तथा वक्तृत्वकलातर्फ विदुर अधिकारी प्रथम भएका हुन् । विजेता बनेसँगै
उनीहरूले पुस २० गते हुने कास्की जिल्लास्तरीय प्रतिभा पहिचान कार्यक्रममा सहभागी
हुने अवसर पाएका छन् । शिक्षक वक्तृत्वकलामा पनि शिवालयकै जयराज उपाध्याय तृतीय
भएका छन् ।
शिक्षकको
नृत्यतर्फ भने शारदा आविका शशी गुरुङ र होमकुमारी राना प्रथम भएका छन् । यस्तै
शिक्षकको वक्तृत्वकलातर्फ विश्वशान्ति माविका राजु कुमाल प्रथम भएका छन् । विद्यार्थी
नृत्यतर्फ विश्वशान्ति मावि र जनता मावि क्रमशः द्वितीय र तृतीय भए भने शिक्षक
नृत्यतर्फ विश्वशान्ति मावि र कालिका मावि क्रमशः द्वितीय र तृतीय भएका छन् ।
यस्तै शिक्षक वक्तृत्वकलातर्फ जनता माविकी सुनीता अधिकारी द्वितीय भइन् ।
विद्यार्थी वक्तृत्वकलातर्फ भने विश्वशान्ति माविका मनिष श्रेष्ठ र रूपाज्योति
माविकी कृपा सुवेदी क्रमशः द्वितीय र तृतीय भए ।
नृत्यतर्फ
नृत्य निर्देशक राहुल थापा र अन्जू बुढा मगर तथा वक्तृत्वकलातर्फ साहित्यकार सहप्राध्यापक
डा. ईश्वरमणि अधिकारी र लालमणि पोखरेल निर्णायक रहेका थिए । विजेताहरूलाई गाउँपालिकाकी
उपाध्यक्ष लालसुब्बा गुरुङ, प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बराल, प्रशासकीय
अधिकृत लोकनाथ पौडेल, शिक्षा शाखा प्रमुख सन्दिप पौडेल, कार्यक्रम संयोजक बृहस्पति
अधिकारीलगायतले नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
Post a Comment