पोखरा । पोखरा महानगरपालिका वडा नं. ८ सिमलचौरस्थित जनप्रिय माविमा पोखरा महानगरभित्रका क्लस्टर सामुदायिक विद्यालय स्तरीय हाजिरीजबाफ प्रतियोगिता शुक्रवार सम्पन्न भएको छ ।
विद्यालयकको
५५औं वर्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह २०८० को पूर्व सन्ध्यामा आज हाजिरी जवाफ कार्यक्रम
सम्पन्न गरेको हो । पोखरा महानगरपालिकाभित्रका क्लस्टर विद्यालयहरूको सहभागितामा
भएको हाजिरी जवाफ प्रतियोगितामा बालमन्दिर मावि प्रथम, छोरेपाटन मावि द्वितीय
र जनप्रिय माविले तृतीय स्थान प्राप्त गरेका थिए । विजेतालाई विद्यालयको वार्षिकोत्सव
कार्यक्रम माघ १० गते नगद र प्रमाणपत्र वितरण गरिने विद्यालयका शिक्षक श्रीकान्त
पौडेलले जानकारी दिए ।
कार्यक्रम
सूचना प्रविधिको प्रयोग गरी विभिन्न चरणमा भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परशुराम बरालले क्लस्टरको कार्यक्रम जनप्रिय
माविले गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरे । उनले यस्ता कार्यक्रमहरू आन्तरिक
तथा खुला रूपमा अन्तरविद्यालयलाई समेत
समावेश गरी गर्नुले प्रतियोगी एवम् अप्रतियोगी दुवैलाई राम्रो सिकाइ हुने विश्वास व्यक्त गरे । कार्यक्रममा सहभागी
सबैलाई शिवशक्ति मावि, पोखरा- ११ फूलबारीका प्रअ शम्भु बास्तोलाले शुभकामना दिएका
थिए । कार्यक्रम संयोजक कृष्णबहादुर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका
प्रअ देवीप्रसाद बस्ताकोटीले स्वागत गरेका थिए । प्राविधिक सहयोगमा ज्ञानेश्वर
ढुंगाना, रामकुमार अधिकारी, वासुदेव तिम्सिना, वामन चालिसे, नितु पौडेल, सरस्वती पौडेलले गरेका
थिए । क्विज मास्टरको भूमिकामा शिक्षक श्रीकान्त पौडेल रहेका थिए । विद्यालयले यही
माघ १० गते विद्यालयको वार्षिकोत्सव मनाउने तयारी गर्दै विविध अतिरिक्त क्रियकलापअन्तर्गत
छात्र भलिबल, छात्रा भलिबल, बास्केट बल, ब्याडमिन्टन छात्र छात्रा लगाएत का
कार्यक्रमहरु सञ्चालन गरिरहेको छ भने माघ १० गते बिहान ८ बजेदेखि जुनियर युवा
रेडक्रस सर्कल जनप्रियले खुला रक्तदान कार्यक्रम विगत वर्षहरू झैँ आयोजना गरेको
जनाएको छ।
Post a Comment