पोखरा । त्रिवेणी सङ्गीतालयद्वारा आयोजित नव प्रतिभाको खोजी अभियानअन्तर्गतको गण्डकी प्रदेशस्तरीय गायन रियालिटी सो सुपर भ्वाइस अफ त्रिवेणी सिजन–२ को उपाधी लाहाचोक, कास्कीका दीपेश नेपालीले जितेका छन् ।
पाँच चरणमा सम्पन्न उक्त प्रतियोगितामा बगरकी कृषिका
घिमिरे, लेखनाथका दीपक परियार, गोरखाका भुवन अधिकारीले क्रमशः
द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त
गरेका थिए । कास्कीकै समर लोहोनीले दर्शक रोजाइको उपाधी जितेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रदेश
सभा सदस्य प्रकाश बरालले नेपाली सङ्गीत क्षेत्रमा त्रिवेणी सङ्गीतालयले पुर्याएको योगदानको प्रशंसा गरे । उनले पर्यटकीय राजधानी पोखरामा यस्ता
गतिविधि भइरहनुपर्ने र राज्यको तर्फबाट पनि सहयोग भएमा अझ नवप्रतिभाहरुले अवसर
पाउने बताए । आगामी कार्यक्रममा आफ्नो तर्फबाट सक्दो सहयोग
गर्ने उनले
प्रतिबद्धता जनाए ।
लोक र ऐच्छिक २ चरणमा गरिएको उक्त कार्यक्रम प्रत्यक्ष वाद्यवादन तथा ट्रयाकमा २१ जना
प्रतियोगीहरूले आआफ्ना प्रतिभाहरू प्रस्तुत गरेका थिए । सङ्गीतालयका प्रशिक्षक नवराज बरालको
अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बी. बी. अनुरागी, करण तामाङ र किशोर सुनारले निर्णायक रहेका थिए । कार्यक्रमको सञ्चालन राजन बराल,
सुनील बराल
र उर्जा बरालले गरेका थिए ।
Post a Comment