कुमुदिनीमा नेपाली शब्दखेल प्रतियोगिता



पोखरा । पोखराको गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा आइतबार विद्यालयको वार्षिक कार्यतालिकाअनुसार अन्तरसदनात्मक प्राथमिक तह स्तरीय नेपाली शब्दखेल प्रतियोगिता सम्पन्न भएको छ।

कार्यक्रममा नीलो सदनका बिराट सिजापाटी, आविष्कार लामिछाने,जेशिका पंगेनी र वसन्त बरालको समूह प्रथम र पहेँलो सदनका अञ्जना नेपाली,सोइच्छा गुरुङ ,रञ्जिता गुरुङ र नस्विना गौतमको समूह द्वितीय भएका छन्। विद्यालयको सह-प्राचार्य मनबहादुर भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक नवराज गरुङ समयपालक, शिक्षिका उषा गुरुङ अङ्कन र शिक्षिकाहरू रोशनी श्रेष्ठ र रजनी गुरुङ सहजकर्ताको भूमिकामा रहेको कुरा कार्यक्रम संयोजक सुरेन्द्र सदिच्छाले जानकारी दिनुभयो ।

Post a Comment

Previous Post Next Post