छोराको जन्मदिनमा विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण

 


पोखरा । पोखराका एक व्यवसायीले आफ्नो जन्मदिनमा विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका छन् ।

पोखरा-२२ निवासी पुम्दीकोट सुनचाँदी पसलका प्रोप्राइटर भरत सुनार र विन्दु सुनारले आफ्ना छोरा विश्वास सुनारको जन्मदिनको अवसर पारेर पोखरा-३०, शिशुवास्थित शान्ति आधारभूत विद्यालयलाई ४३ इन्चको स्मार्ट टेलिभिजन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त अधिकारीलाई हस्तान्तरण गरे । विद्यालयले चालेको प्रविधिमैत्री शिक्षक सिकाइलाई सहयोग पुगोस् भन्ने हेतुले टेलिभिजन हस्तारण गरेको भरतले बताए । सोही अवसरमा सुनार परिवारले १९० जना विद्यार्थीलाई स्टेसनरीसमेत वितरण गरेको थियो ।

प्राप्त सामग्रीले विद्यार्थीको सिकाइमा सघाउने पुग्ने विद्यालयका प्रधानाध्यापक मनिराम कडेलले विश्वास व्यक्त गरे । कार्यक्रमको संयोजन सहायक प्रधानाध्यापक भुवानीप्रसाद सुवेदीले गरेका थिए ।

 

Post a Comment

Previous Post Next Post