पोखरा । रूपा गाउँ-पालिका स्थायी ठेगाना भई विभिन्न भूभागमा बसोबास गर्ने सम्पूर्ण कला साहित्य तथा संगित प्रेमीहरुलाई साहित्यिक सञ्जालमा आबद्ध गरी संस्थागत गर्ने उद्देश्यले 'रुपा वाङ्मय प्रतिष्ठान' को स्थापना हुने भएको छ ।
रूपा
गाउँपालिकाभित्रका साहित्य, कला तथा संगितमा लागेका व्यक्तिहरुको
भेलाले रुपा वाङ्मय प्रतिष्ठान गठन गर्ने उद्देश्यका साथ आज आदर्श पोखरेलको
संयोजकत्वमा रुपा वाङ्मय प्रतिष्ठान तदर्थ समिति गठन गरेको छ । २१
सदस्यीय उक्त समितिमा सह संयोजक मदन मल्ल ठकुरी तथा सचिवमा मदन घिमिरे चयन भएका
छन् । उक्त समितिले ३ महिनाभित्र संस्था दर्ता प्रकृया
तथा साधरण तथा आजीवन सदस्यता वितरण गरी अधिवेशन सम्पन्न गर्नेछ । रुपा
गाउँपालिका भित्र रहेका कला, साहित्य,
संगित तथा वाङ्मय क्षेत्रमा
रहेका मानिसहरुलाई एउटै सस्थामा आवद्ध गराउने, रुपा गाउँपालिकाभित्र विद्यालय तहदेखि नै
साहित्य, संगित तथा कला सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने र
रूपा गाउँपालिकाभित्र साहित्य कला तथा संस्कृतिको संरक्षण र संवर्धनमा सहयोग
गर्ने उद्देश्यले यो संस्था गठन गर्न लागिएको संस्थाका तदर्थ समिति संयोजक आदर्श
पोखरेलले जानकारी दिनुभयो ।
Post a Comment