काठमाडौँ । नेपाल गणित समाजले आफ्नो ४६ औं वार्षिक साधारण सभा, गणित केन्द्रीय विभागको सभाकक्षमा समाजका सभापति प्राडा प्राडा नारायणप्रसाद पहारीको अध्यक्षतामा सम्पन्न गरेको छ |
उक्त सभामा समाजका पूर्व सभापति प्राडा टंकनाथ धमला र केन्द्रीय विभागका प्रमुख तथा नेपाल गणित समाजका निवर्तमान अध्यक्ष प्राडा चेतराज भट्टले शुभकामना मन्तव्य राखेका थिए | प्रमुख आमन्त्रितको मन्तव्य राख्दै प्राडा घिमिरेले अहिलेको युग AI को युग भएकोले प्राध्यापकहरू र अझ खासगरी गणित विज्ञानका प्राध्यापकहरू AI सित अभ्यास्त हुन र त्यसलाई आफ्नो सहयोगीको रूपमा उपयोग गर्नु पर्नेमा जोड दिए | अध्यक्षको आसनबाट प्राडा पहारीले गएको तीन वर्षमा समाजले आफ्ना गतिविधिहरू मार्फत थुप्रै रचनात्मक कार्यक्रम गर्न सफल भएकोमा आफूलाई सन्तोष लागेको र यो सबका लागि समाजसंग सम्बद्ध सबै सदस्य तथा शुभेच्छुकहरूका प्रति कृतज्ञता जाहेर गर्नुका अतिरिक्त निकट भविष्यमै निर्धारित समयमा वार्षिक अधिवेशन गरी अझै सक्षम र सबल टिमलाई आफू नेतृत्व हस्तान्तरण गर्ने सोचमा रहेको बताउनु भयो |
उदघाटन सत्रको लगत्तै “ विश्वविध्यालयमा गणित, अवसर र चुनौती र यसमा गणित समाजको भूमिका” विषयक छलफल सत्र डा श्रीराम खडकाको सहजीकरणमा संचालन गरियो | सोका प्यानलिस्टहरूमा काठमाडौं विश्वविद्यालयबाट प्राडा रामप्रसाद घिमिरे, त्रिवि इन्जिनियरिङबाट प्राडा ज्ञानबहादुर थापा, नेपाल संस्कृतबाट प्राडा दीनेश पन्थी, त्रिवि शिक्षा र विज्ञानप्रविधिबाट अवतार सुबेदी र डा ईश्वरमणि अधिकारी रहेका थिए । छलफलमा विश्वविद्यालयहरूमा गणितको अध्ययन, अध्यापन तथा अनुसन्धानहरूमा भोगिएको समस्या, विद्यार्थीहरूको गणितप्रतिको घट्दो रुचि, प्राध्यापकहरूले भोगेका समस्या, मुलुकको शैक्षिक दुरावस्था लगायतका अतिरिक्त गणितको सौन्दर्य, महत्ता र व्याप्तिमाथि चर्चा गरिएको थियो । अन्त्यमा सभापति पहारीले छलफलको निचोड सम्बन्धित निकायसम्म पुर्याउने र समाजले सदा खबरदारी तथा पहरेदारीको जिम्मेवारी बहन गर्ने बताउँदै सम्बध्द सबैमा धन्यवाद ज्ञापन गर्नुभयो ।
Post a Comment