क्षमता अभिवृद्धि तथा उद्‍घोषण तालिम सम्पन्न

 


पोखरा । श्रीकृष्ण युवा क्लब, पोखरा-९, कृष्णटोलले उद्‍घोषणसम्बन्धी एकदिने तालिम सम्पन्न गरेको छ ।

‘सामाजिक सेवामा युवाको समर्पण’ भन्ने उद्देश्यका साथ स्थापित क्लबले आयोजना गरेको तालिममा अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीले सहजीकरण गरेका थिए । तालिममा ४७ जनाको सहभागिता रहेको थियो ।

वडा नम्बर ९ का कार्यवाहक वडा अध्यक्ष नन्दराम गिरीले सहभागीलाई प्रमाणपत्र वितरण गरेका थिए । उनले तालिमले बोल्ने कलामा निखार ल्याउनुका साथै आत्मविश्वास बलियो बनाउने धारणा राखे ।

विशेष अतिथि राष्ट्रिय भूमि अधिकार मञ्च, कास्किका अध्यक्ष प्रेम बहादु गुरुङले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न सुझाव दिए । क्लबका अध्यक्ष कृष्ण वि. क. को अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन क्लबका सचिव युवराज गुरुङले गरेका थिए ।

Post a Comment

Previous Post Next Post