प्रतिभाशाली इशान र सक्षमलाई स्काइराइडर स्कुलको सम्मान

 


चितवन । चितवनको एक विद्यालयले आफ्ना दुई प्रतिभाशाली विद्यार्थीलाई सम्मान गरेको छ । अध्ययनका क्रममा विभिन्न सामग्री बनाएर सफल परीक्षण गरेका इशान श्रेष्ठ र सक्षम थापा मगरलाई रत्ननगरस्थित स्काइराइडर आवासीय माध्यमिक विद्यालयले सम्मान तथा पुस्कार प्रदान गरेको हो ।

इशान स्काइराडरमै कक्षा ११ मा विज्ञान समूहमा अध्ययनरत छन् भने सक्षम व्यवस्थापन समूहमा सोही विद्यालयमा अध्ययनरत छन् । उनीहरुले प्लेन, ड्रोन र हावाबाट पानी तान्ने मोटर बनाएर सफल परीक्षण गरेका थिए । उनीहरूले हालै ई-साइकल र मामसे गरेको मान्छेले मोटरसाइकल चलाउन रोक लगाउने हेलमेटसमेत बनाएका छन् ।

विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका निर्देशक दुर्गा पुरी र प्रिन्सिपल मदन पुरीले उनीहरूलाई नगद पुरस्कारसहित सम्मान गरेका हुन् । उनीहरूले चितवनका भएको विज्ञान प्रर्दशनी र प्रदेशस्तरीय विज्ञान प्रर्दशनीमा समेत उत्कृष्ट भएर पुरस्कार प्राप्त गरेका थिए ।

Post a Comment

Previous Post Next Post