कुमुदिनी होम्समा नृत्य प्रतियोगिता

 


पोखरा । पोखराको गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयले आफ्नो वार्षिक कार्यतालिकाअनुसार विभिन्न तहगत रूपमा नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।

१९ गते सम्पन्न प्राथमिक तहको कार्यक्रम प्राथमिक तह इन्चार्ज कुमुम गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो।उक्त प्रतियोगितामा कुल ६२ समूहको सहभागिता रहेको कुरा नृत्य संयोजक सजिना गुरुङले जानकारी दिनुभयो।जसमध्ये कक्षा २( ग) की काव्या गुरुङ प्रथम , कक्षा १( क)को एड्रिन पोख्रेल द्वितीय र कक्षा ५ (क) का गृहाना गुरुङ, प्राज्ना कोइराला, तमन्ना पुन र मान्यता श्रेष्ठको समूह तृतीय भएका थिए।उक्त कार्यक्रम शिक्षक सुरेन्द्र सदिच्छा र कक्षा ५ (ख) का विद्यार्थीहरू एरोन गुरुङ र प्रनिता गिरीले सञ्चालन गरेका थिए।

त्यस्तै २० गतेको कार्यक्रम विद्यालयका सह प्राचार्य मनबहादुर भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कुल ४५ समूहले सहभागिता जनाएको कुरा नृत्य संयोजक मिन बहादुर गरुङले जानकारी दिनुभयो। जसमध्ये आधारभूत तहको प्रतिष्पर्धामा कक्षा ७ (ख) की आकृति कुँवर प्रथम, कक्षा ७(ग) की सरगम क्षेत्री द्वितीय र कक्षा (७) की आकृति गरुङ तृतीय भएका थिए। उक्त कार्यक्रम शिक्षक सुरेन्द्र सदिच्छा र कक्षा ८ का विद्यार्थीहरू जोयना गुरुङ र रोजिना गुरुङले सञ्चालन गरेका थिए। माध्यमिक तह (९-१२) अन्तर्गत  कक्षा ९(ख) की कस्मिन मगर प्रथम, कक्षा ९(ख) की निशा छन्त्याल द्वितीय र कक्षा १२ की रुबिना राम्जाली मगर तृतीय भएका थिए। विजयी विद्यार्थीहरूलाई बधाई दिँदै विद्यालयका संस्थापक प्रिन्सिपल अशोक पालिखेले विद्यालयले विद्यार्थीलाई दिने कुनै पनि सुविधामा कहिल्यै पनि कन्जुस्याइँ नगर्ने तर विद्यार्थीको पहिलो कर्तव्य भने अनुशासनलाई मध्यनजर गरी पढाइमा लाग्नुपर्ने कुरामा जोड दिनुभयो। माध्यमिक तहको कार्यक्रम शिक्षक सुरेन्द्र सदिच्छा र कक्षा १० का विद्यार्थीहरू श्रेयासी बाटाजु र दिलास्मा गुरुङले सञ्चालन गरेका थिए ।

 

Post a Comment

Previous Post Next Post