शिक्षक सङ्गठनको वडा कमिटि गठन, अध्यक्षमा श्रीकान्त

 


पोखरा । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, पोखरा महानगर समितिले सङ्गठन सुदृढीकरण तथा विस्तार कार्यक्रमअन्तर्गत वडा नं. १ मा शिक्षक भेला गरी वडा कमिटि गठन गरेको छ । सङ्गठनले एक कार्यक्रमका बिच श्रीकान्त सापकोटाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

पोखरा महानगरपालिका वडा नं. १ स्थित संस्कृत माध्यमिक विद्यालयमा आयोजित शिक्षक भेलामा राष्ट्रिय मावि, रत्न आविका शिक्षकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । नेराशिसं गण्डकी प्रदेश समितिका अध्यक्ष रोमहर्षण पौडेलको प्रमुख उपस्थितिमा सम्पन्न समारोहमा  पोमनपा वडा नं. १ का अध्यक्ष साहारा प्रधान, नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनका गण्डकी प्रदेशका अध्यक्ष विष्णुप्रसाद अधिकारी, नेराशिसं जिल्ला समिति अध्यक्ष तीर्थराज ढकालले शुभकामना मन्तव्य राख्नुभएको थियो ।  मन्तव्यको क्रममा प्रदेश समिति अध्यक्ष पौडेलले सांगठनिक गतिविधिको जानकारीसहित शिक्षाको गुणस्तर अभिवृद्धि तथा सङ्गठन सुदृढीकरणका लागि संगठित सदस्यलाई दरो गरी अघि बढ्न आग्रह गर्नुभयो । सापकोटाको अध्यक्षतामा गठित कार्यसमितिको उपाध्यक्ष, सचिव र कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः तुलाराम पौडेल, हरि अधिकारी, कलादेवी बराल तथा कृष्णप्रसाद पौडेल रहनु भएको छ । यसैगरी भेलाबाट  शिक्षकहरू नारायणप्रसाद पौडेल, इन्द्रमाया बास्तोला, पुनम राणा बस्नेत, जिता पौडेल, सिर्जना पराजुली र जानुका बास्तोला सदस्यका रूपमा चुनिनुभएको छ । केही सदस्यहरू विधानत मनोनित हुने प्रावधान छ । पोखरा महानगर समिति अध्यक्ष यामनारायण लामिछानेले राष्ट्रिय माविबाट त्यसदिन मात्रै दर्जनौँ शिक्षकहरु देशकै अग्रणी सङ्गठन, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको मूलधारमा समाहित भएको बताउँदै सङ्गठनप्रति देशैभरका शिक्षकको आकर्षण बढ्दै गएको जानकारी दिनुभयो । नेराशिसं, पोखरा महानगरसमितिका सचिव नेपाल प्रकाश अधिकारीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमा जिल्ला सचिव दामोदर तिमिल्सिना, शंकर तिवारी तथा हरि अधिकारीले विविध पक्षमा सहजीकरण गर्नुभएको थियो । शिक्षाको गुणस्तर अभिवृद्धि तथा पेसागत हकहितको लागि सङ्गठनले अभियानकै रूपमा देशैभर विभिन्न सांगठानिक तथा रचनात्मक कार्यक्रम गर्दै आइरहेको छ ।

Post a Comment

Previous Post Next Post