सृजना माविमा पुरस्कार वितरण



पोखरा । पोखरा–८, सृजनाचोक शान्तिमार्गमा अवस्थित सृजना सेकेण्डरी स्कुलमा रूपमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । 

मङ्सिर ६, ७ र ९ गते त्रिदिवसीय रूपमा  गत शैक्षिक सत्र २०८० मा नर्सरीदेखि कक्षा १० सम्म आआफ्ना कक्षाको सेक्सनमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विद्यार्थीहरू लगायत अनुशासन, सरसफाइमा सर्वोत्कृष्ट हुन सफल तथा सतप्रतिशत हाजिरी भएका विद्यार्थीहरूलाई मङ्सिर ६ र ७ गते छुट्टाछुट्टै कार्यक्रमकाबीच पुरस्कार वितरण गरिएको थियो । आइतवार २०८१ साल असोज १६, १७ र १८ गतेका दिन सञ्चालन भएको प्रतिभा प्रस्फुटन कार्यक्रमको विभिन्न विद्यामा सहभागी भई प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विद्यार्थीहरू पुरस्कृत भएका थिए ।  

पुरस्कार वितरणको पहिलो दिन मंसिर ६ गते बिहीवार नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । विभिन्न क्षेत्रमा कार्यरत अभिभावकहरू अन्जन पोख्रेल, शिव कुमार भण्डारी, पितृ राज अधिकारी र सुशिल पौडेलले पुरस्कार वितरण गर्नुभएको थियो भने दोस्रो दिन मंसिर ७ गते शुक्रवार रामबहादुर बानिया, अच्युत कटेल, दिपा अधिकारी आचार्य र बालकृष्ण शर्माले पुरस्कार वितरण गर्नुभएको थियो । 

यसैगरी तेस्रो दिन मंसिर ९ गते प्रतिभा प्रस्फुटन कार्यक्रमको पुरस्कार वितरण गरिएको थियो । जसमा कक्षा (१–३), (४–५), (६–८) र (९–१०) का विद्यार्थीहरूबिच विभिन्न विद्या (एकल र समूह नृत्य, एकल र समूह गायन, कविता वाचन, वक्तृत्वकला, हाँस्यव्यङ्ग्य र नाटक) मा छुट्टाछुट्टै विधा र तहमा मूल्याङ्कन गरी विजेत विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो । उक्त कार्यक्रममा आशिका आले, कमलराज चुके, नारायण घताले र सरस्वती त्रिपाठीले पुरस्कार वितरण गर्नुभएको थियो ।   

विद्यालयका प्राचार्य डोलराज पाण्डेको अध्यक्षमा सम्पन्न भएको उक्त कार्यक्रममा विद्यालयका सल्लाहकार कृष्णप्रसाद घिमिरेले पुरस्कृत सम्पूर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो । अभिभावकको तर्फबाट नारायण घतालेले शुभकामना मन्तव्य राख्नुभएको थियो । यसैगरी विद्यालयका निर्देशक सीता पाण्डेले पुरस्कार वितरण गर्नुहुने अभिभावकप्रति आभार प्रकट गर्दै र पुरस्कृत विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन विद्यालय अतिरिक्त क्रियाकलाप प्रमुख मिन प्रसाद तिवारीले गर्नुभएको थियो । 


Post a Comment

Previous Post Next Post