म्याथमेटिकल ओलम्प्याडको नतिजा सार्वजनिक

 


पोखरा । म्याथमेटिकल एसोसियसन अफ नेपाल  MAN गण्डकी प्रदेशले सञ्चालन गरेको कास्की जिल्लास्तरीय म्याथमेटिकल ओलम्प्याड DMO को नतिजा सार्वजनिक गरेको छ ।

उक्त प्रतिस्पर्धामा कास्की जिल्लाका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका करिव २०० जना विद्यार्थीहरू एकल प्रतिस्पर्धामा समावेश भएका थिए । उक्त DMO मा मदरल्याण्ड मा. वि. का आशिष अधिकारी ३६ अङ्कसहित सर्वोत्कृष्ट भएका छन भने गण्डकी बोर्डिङ स्कुलका अस्मित रेग्मी ३४ अङ्कसहित दोस्रो र गण्डकी बोर्डिङ स्कुलकै प्रशुन अधिकारी ३३ अङ्कसहित तेस्रो भएका छन् । यस प्रतिस्पर्धामा उत्तीर्ण करिब १६ विद्यालयका  ११७ जना विद्यार्थीहरूले आगामी महिना हुने प्रदेशस्तरीय प्रतिस्पर्धामा भाग लिने छन् ।

अन्य विद्यार्थीहरूको अङ्कसहितको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।


Post a Comment

Previous Post Next Post