पोखरा, पुस १२ गते । पोखराको गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा शुक्रवार वार्षिक कार्यतालिकाअनुसार आधारभूत तह स्तरीय नेपाली वादविवाद प्रतियोगिता सम्पन्न भएको छ ।
"विज्ञान अभिषाप होइन वरदान हो" शीर्षकमा कुल ३४ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए। जसमध्ये १७ जनाले पक्ष र १७ जनाले विपक्षमा आ-आफ्ना विचार व्यक्त गरेका थिए। प्रतियोगितामा कक्षा ८ (क) की आभना विश्वकर्मा प्रथम , कक्षा ६ (ग) की संस्कृति गैह्रे द्वितीय, कक्षा ७ (क) की प्रतिष्ठा के.सी. तृतीय र कक्षा ८ (ग) को अरङ कार्की सान्त्वना भएका थिए। निर्णायकमा शिक्षकहरू सुस्मा आमात्य र भुवन गुरुङ र समय पालकमा शिक्षक श्रवण कुमार तिमिल्सिना रहेका थिए ।
विद्यालयका सह प्राचार्य मन बहादुर भूजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आधारभूत तह इन्चार्ज सजनी मजु श्रेष्ठले विजेता विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्नुका साथै कुनै पनि कार्यक्रममा सहभागी हुनु नै ठुलो उपलब्धि हुने र आगामी दिनको लागि नयाँ पाठ बन्ने कुरामा जोड दिएकी थिइन्। कार्यक्रम शिक्षक सुरेन्द्र सदिच्छाले सञ्चालन गरेका थिए ।
Post a Comment