विशेष लघुकथामा पाँच स्रष्टा



पोखरा, पुस १३ गते । लघुकथा प्रतिष्ठान पोखराको आयोजनामा शनिबार पोखरामा विशेष लघुकथा वाचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा वरिष्ठ साहित्यकार सरुभक्तले लघुकथा वाचन गरेर गरेका थिए ।

कार्यक्रममा लघुकथाकारहरू त्रिलोचन ढकालरमेशचन्द्र घिमिरेटुकादेवी पौडेल आचार्यगीता तिवारी र ढाकामोहन बरालले दुई चरणमा आफ्ना उत्कृष्ट लघुकथा प्रस्तुत गरेका थिए । वाचन भएका कथाहरूमा समसामयिक सामाजिक यथार्थमानवीय संवेदनशीलता र सांस्कृतिक पक्षलाई समेटिएको थियो ।

गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोगमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सरुभक्तले लघुकथाको महत्त्वबारे चर्चा गर्दै यस विधाको प्रभावकारिता र भविष्यका सम्भावनाहरूको चर्चा गरे ।

विशेष अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ ले लघुकथा वाचन गर्दै लघुकथाको प्रकृति र प्रवृत्तिप्रति चर्चा गरेका थिए । 

लघुकथा प्रतिष्ठान पोखराका अध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष कल्याण पन्तले स्वागत मन्तव्य र सचिव अमृतले कार्यक्रम सन्चालन गरेका थिए ।

प्रतिष्ठानले हरेक महिनाको दोस्रो शनिवार नियमित रूपमा लघुकथा वाचन गर्दै आएको छ । उक्त शृङ्खलाको ६८ औँ कार्यक्रमका रूपमा विशेष लघुकथा वाचन सम्पन्न भएको सदस्य दीपक समीपले जानकारी दिए ।

Post a Comment

Previous Post Next Post