पोखरा
। पोखराको गैह्रापाटनस्थित
कुमुदिनी होम्स माध्यमिक विद्यालयले आफ्नो ३८ औं स्थापना दिवस मनाएको छ ।
शनिवार विद्यालय
प्राङ्गणमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्वस्वास्थ्य तथा जनसङ्ख्या
राज्यमन्त्री उमेश श्रेष्ठले शिक्षा क्षेत्रमा लगानी गर्नु सरकारको दायित्व भएको
बताए । नेपाल सम्भावना नै सम्भावनाको मुलुक भएकाले शिक्षा क्षेत्रमा लगानी गर्न
निजी विद्यालयका सञ्चालकहरूले अग्रसरता देखाउनुपर्नेमा जोड दिए । सरकारले सरकारी
विद्यालयहरूमा मात्र लागानी गरेपनि प्राइभेट स्कुलहरूको नतिजा राम्रो भएको
श्रेष्ठले सुनाए ।
अस्पष्ट सरकारी नीतिका
कारण युवा जनशक्ति विदेश पलायन हुँदै गइरहेकाले स्वदेशमानै उद्योग तथा कलकारखाना
खोल्न सकेमात्र उनीहरूलाई रोक्न सकिने उनको भनाइ छ । पछिल्लो समय शिक्षा क्षेत्रमा
बढी व्यापारीकरण बढ्दै गएको गुनासो आउने गरे पनि समग्रमा शिक्षामा त्यस्तो नरहेको
उनको भनाइ छ । शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण योगदान रहेको भन्दै विद्यालयका
अध्यक्ष पालिखेलाई कृषि र पर्यटनको क्षेत्रमा लगानी गर्नसमेत उनले आग्रह गरे ।
विद्यालयका अध्यक्ष
अशोक पालिखेले सबैको साथ र सहयोगले कास्कीमा मात्र नभई कुमुदिनी होम्स नेपालमै
उत्कृष्ट विद्यालय बन्न सफल भएको बताए ।
विद्यालयले शिक्षकहरूलाई
समयअनुसार तालिम दिँदै आइरहेको तथा अतिरिक्त क्रियाकलापमा समेत विद्यालय अब्बल
रहेको उनको भनाइ थियो । विद्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत १ सय भन्दा बढी
गरिब तथा जेहन्दार विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिमा पढाउँदै आएको अध्यक्ष
पालिखेको भनाइ छ ।
विद्यालय सञ्चालनका
क्रममा विभिन्न पक्षबाट विगतमा थ्रेट आएको भन्दै उनी भावुक बने । विद्यालय नेवारी
कला संस्कृतिबाट सुसज्जित रहेकाले सरकारले गर्न नसेकेको काम नीजि क्षेत्रबाट हुनु
गर्वको बिषय भएको बताए ।
स्थापना दिवसका अवसरमा
सुवाशी शर्मालाई कुमुदिनीको गौरब पदकबाट नगद रु.१० हजारसहित सम्मानपत्रले सम्मान
गरियो । त्यस्तै कुमुदिनी विद्या पदकबाट आदित्य आचार्यलाई नगद रु. २५ हजारसहित
सम्मानपत्रले सम्मान गरियो । वेस्ट पर्फेक्ट अफ दि इयरबाट छात्रतर्फ जेशन श्रेष्ठ
र छात्रातर्फ सलिना खत्री, स्पोर्ट्स स्टार अफ दि इयरबाट
छात्रतर्फ ओसिन गुरुङ र छात्रातर्फ सोफिया पौडेल, डान्सिङ
स्टार अफ दि इयरबाट छात्रतर्फ आयुष शाक्य र छात्रातर्फ कस्मिन मगर, वेस्ट आर्टिस्ट अफ दि इयरबाट अविष्ना पालिखे, वेस्ट
म्युजिक अवार्ड अफ दि इयरबाट निर्वान गुरुङ र कुमुदिनी लिटरेसी अवार्डबाट गरिमा ढुङ्गाना
सम्मानित भए ।
त्यस्तै टिचर अफ दि
इयरबाट दीपेन्द्र थापा सम्मानित भए । उनलाई नगद रु.१५ हजारसहित दोसल्लाले सम्मान
गरियो । नगद रु.७ हजारसहित वेस्ट ड्राइभरबाट हिरा पुन सम्मानित भए । वेस्ट सिस्टर
बाट लिलकुमारी राई र अलराउण्डर अवार्डबाट उषा कमाचार्य सम्मानित भए । उनीहरूलाई
क्रमश रु.७ हजार र रु.१० हजारसहित दोसल्लाले सम्मान गरियो । त्यसैगरी हिमालयन
प्रावि लप्सीटाकुर पुरुनचौर र बाराही प्रावि खाडरजुङका विद्यार्थीहरूको खाजा
खर्चका लागि ३०/३० हजार र अपाङ्गता तथा मैत्री समाज भण्डारढीकलाई खाद्यान्न
हस्तान्तरण गरियो ।
त्यस्तै आधारभूततर्फ
बर्षको उत्कृष्ट अनुशासित विद्यार्थीबाट छात्रतर्फ प्रिन्स श्रेष्ठ र छात्रातर्फ
सम्पदा श्रेष्ठ, प्रावि अन्तर्गत छात्रतर्फ आरोन सुवाल र
छात्रातर्फ आर्या न्यौपाने र मावि तह अन्तर्गत आर्यन रञ्जित र कृतिका पराजुली
सम्मानित भए ।
विद्यालयले गत मंसिर ७
गते कास्की जिल्ला विद्यालयस्तरीय चित्रकला प्रतियोगिता आयोजना गरेको थियो । उक्त
प्रतियोगितामा निमावितर्फ प्रथम भएकी शिशु कल्याण माविकी सुमि गुुरुङ, द्धितिय प्रतिभा माविकी सुदिना सुवेदी र तृतिय हुन सफल हिल पोइन्ट माविका
निकेश गुरुङलाई क्रमश ७ हजार, ५ हजार र ३ हजारनगद सहित
सम्मान गरियो । त्यस्तै मावितर्फ प्रथम वेसलाइन एकेडेमीकी सोफिया रसाइली, द्धितिय मदरल्याण्ड माविका एञ्जेल नेपाली र तृतिय हुन सफल गण्डकी बोडिङ
स्कूलकी श्रेया राईलाई नगद रु.७ हजार, ५ हजार र ३ हजारसहित
प्रमात्रपत्रले सम्मान गरियो ।
उनीहरूलाई प्रमुख अतिथि
श्रेष्ठ,
विद्यालयका अध्यक्ष पालिखे लगायतले पुरस्कार वितरण गरे ।
कार्यक्रममा प्यावसन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेल,
शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख लोकनाथ आचार्य, अभिभावक
व्यवस्थापन समिति सदस्य राजबहादुर गुरुङ, विद्यालयका
सहप्राचार्य मनबहादुर भुजेल लगायतले बोलेका थिए । कार्यक्रममा विद्यार्थीहरूले
विभिन्न भेषभूषासहित नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका
शिक्षक सुरेन्द्र सदिच्छाले गरेका थिए ।
Post a Comment