गण्डकी प्रदेशस्तरीय म्याथमेटिकल ओलम्प्याड सम्पन्न

 


पोखरा, फागुन ३ । म्याथमेटिकल एसोसिएसन अफ नेपालद्वारा देशव्यापी रुपमा सञ्चालित प्रदेशस्तरीय म्याथमेटिकल ओलम्प्याड गण्डकी प्रदेशको लागि गण्डकी बोर्डिङ स्कुल पोखरा, लामाचौरमा सम्पन्न भएको छ ।

गण्डकी प्रदेश अन्तर्गतका ७ जिल्लाका ५० भन्दा बढी विद्यालयका करिब २०० जना विद्यार्थीहरूले जिल्ला स्तरीय म्याथमेटिकल ओलम्प्याडमा छनोट भई यस प्रदेश स्तरीय छनोट प्रतिस्पर्धामा भाग लिएका थिए । यस कार्यक्रमको प्रमुख अतिथि शिक्षा बिकास तथा समन्वय इकाइ, कास्कीका प्रमुख लोकनाथ आचाय एवम् विशेष अतिथिमा गण्डकी वोर्डिङ स्कुलका प्राचार्य डा. विश्वयुधीर पौडेल घर्ती हुनुहुन्थ्यो । प्रमुख अतिथिको मन्तव्यमा कार्यक्रममा प्रमुख श्री लोकनाथ आचार्यले उपस्थीत विद्यार्थीहरूलाइ बधाई एवं सफलताको शुभकामना दिनुभयो । यसका साथै तर्क गर्ने खोज्ने अनुसन्धान गर्ने, नयाँकुरो पत्तालगाउने विषय गणित हो र हाम्रा विद्यार्थीहरूलाई यस प्रति जिज्ञासु बनाउनु, अभ्यस्त पार्नु हामी सवैको कर्तव्य हो । व्यवहारीक जिवन सँग गणित विषय जोड्नुपर्ने र कन्सेप्ट क्लीयर गराइयो भने उनीहरू गणित प्रति थप उत्पे्ररीत बन्ने हुँदा यस्ता कार्यक्रमहरू धेरै हुनु आवश्यक छ भन्नुभयो । यसै गरि विशेष अतिथि गण्डकी वोर्डिङ स्कुलका प्राचार्य डा. विश्वयुधीर पौडेल घर्तीले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई अन्तराष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति निर्माणमा सहयोग गर्ने वताउनु भयो ।

उक्त कार्यक्रममा ७ जिल्लाका टप ३ विद्यार्थीहरूलाई ट्रफी र कास्की जिल्ला बाट प्रतिस्पर्धी थप २० जनालाई मेडल द्धारा सम्मान गरिएको थियो । समापन मन्तव्यमा गण्डकी प्रदेश अध्यक्ष स्थिर बाबु सुवदीले यस प्रतिस्पर्धाबाट छनोट विद्यार्थीहरू राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने र पुनः अन्तराष्ट्रिय प्रतियोगिताको लागि प्रतिस्पर्धा गर्ने भएकोले थप अवसरको रुपमा लिन साथै छनोटमा असफल विद्यार्थीहरू अझ अर्को बर्षको लागि तयारीमा जुट्न आग्रह गर्नुभयो । म्याथमेटिकल ओलम्प्याड गण्डकी प्रदेश अध्यक्ष स्थिर बाबु सुवदीको अध्यक्षतामा संचालीत यस कार्यक्रमा सहसचिन यज्ञप्रसाद पाण्डे, काषाध्यक्ष रमेश कुमार आचार्य, सदश्यहरू बशन्त शर्मा, घनश्याम शर्मा पौडेल, जीवन काफ्ले, धुर्व गौतम, रमेह सुवेदी, चक्रपाणी शर्मा र शिव ढकाल लगायतको उपस्थीती रहेको थियो । उक्त कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष इश्वरी प्रसाद गौतम र कार्यक्रमको संचालन सचिव विष्णु गौतमले गर्नुभएको थियो ।

Post a Comment

Previous Post Next Post