कुमुदिनीमा होम्समा कथा वाचन प्रतियोगिता सम्पन्न

 


सुरेन्द्र सदिच्छा

पोखरा, फागुन ९ गते । पोखराको गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयले शुक्रवार माध्यमिक तह (९-१२) स्तरीय नेपाली कथा वाचन प्रतियोगिता सम्पन्न गरेको 

विद्यार्थीहरूमा नेपाली साहित्यको रसिलो विधा कथामा पनि रुचि जगाउने उद्देश्यका साथ यस्तो कार्यक्रमको आयोजना गरिएको कुरा विद्यालय संस्थापक अध्यक्ष अशोक पालिखेले बताउनुभयो

विद्यालय संस्थापक कुशल पालिखेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कक्षा ९ देखि १२ सम्मका जम्मा ३५ जना विद्यार्थीहरुले केही आफै सिर्जना गरेका र केही विभिन्न स्रोतबाट साभार गरी कथा वाचन गरेका कुरा कार्यक्रम संयोजक शिक्षक दिपेन्द्र थापा मगरले जानकारी दिनुभयो । शिक्षकहरू उमा पोख्रेल र अभिशेक विश्वकर्मा निर्णायक रहनुभएको कार्यक्रममा कक्षा ९ (ख) का सक्षम गैह्रे, कक्षा ११ विज्ञान संकायकी अञ्जली सुवेदी,कक्षा ९ (ग) का समर्पण तिमिल्सिना र कक्षा ९ (ख) की निशा छन्त्याल क्रमश: प्रथम, द्वितीय, तृतीय र सान्त्वना  स्थान  हासिल गरी  प्रमाणपत्र, ट्रफी सहित विभिन्न  साहित्यिक पुस्तक पुरस्कार प्राप्त गर्न सफल भएका छन्

कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व विद्यालयका सहप्राचार्य मनबहादुर भुजेलले पुरस्कृत विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै विद्यार्थीमा उत्साहजनक सहभागिताले सकारात्मक ऊर्जा थप्ने कुरामा जोड दिनुभएको थियो । कार्यक्रम कक्षा ९ का विद्यार्थीहरू श्रेया गौचन र रोज्ली लामाले सञ्चालन गरेका थिए

Post a Comment

Previous Post Next Post