पोखरा, फागुन ९ गते । पोखरा-३३, आँपभुन्ज्याङस्थित कालिका माविबाट यस वर्षको एसइई परीक्षामा सहभागी हुने तयारीमा रहेका विद्यार्थीलाई शुक्रवार बिदाइ तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।
कक्षा ९ द्वारा आयोजित कार्यक्रममा विद्यालय प्रधानाध्यापक रुपिन्द्र
प्रभावीले कालिका माविको शैक्षिक प्रतिष्ठालाई अझ उकास्न विद्यार्थीहरूलाई सुझाव
दिए । कक्षा ९ की छात्रा आस्मा तामाङको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा १० की
प्रमिशा बानियाले आफूहरूले सकेसम्म उत्कृष्ट नतिजा ल्याउने प्रतिबद्धता व्यक्त
गरिन् । कक्षा ९ की छात्रा सुनीता केसीको सञ्चालनमा भएको कार्यक्रममा सफला सुनारले
स्वागत तथा शुभकामना मन्तव्य दिएको थिइन् । विद्यालय व्यवस्थाप समितिकी शिक्षक प्रतिनिधि
शान्तादेवी घिमिरेले विद्यार्थीहरूलाई अबिर लगाएर बिदाइ र शुभकामना दिएको थिइन् । कार्यक्रममा
कक्षा ९ का तर्फबाट कक्षा १० का विद्यार्थीहरूको सम्मानमा मायाको चिनोसहित सांस्कृतिक
कार्यक्रम प्रस्तुत गरिएको थियो ।
Post a Comment