पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारले नियमित रूपमा गर्दै आइरहेको कार्यक्रम ‘समता काव्य सन्ध्या’को ३७९ औँ शृङ्खला साहित्यकार डाईश्वरमणि अधिकारीको सन्ध्या नायकत्वमा सम्पन्न भयो ।
कार्यक्रममा वरिष्ठ कवि
तीर्थ श्रेष्ठले कवि अधिकारीका विचार तथा चिन्तनले माझिएका कविताहरूको स्पर्श सामर्थ्यको
प्रशंसा गर्दै समता काव्य सन्ध्याले आफ्नो ३ दशक लामो यात्रामा नेपाली साहित्यले
गर्व गर्ने डाअधिकारी जस्तै थुप्रै साहित्यकार जन्माइसकेकोमा खुसी व्यक्त गरे । सन्ध्या
नायक अधिकारीले समता र कविता सम्बन्धी आफ्ना केही कुराहरू राख्दै सानु साथी, जानेहरूलाई, फरार, सम्बोधिका र
साबिती शीर्षकका पाँचवटा आफ्ना उत्कृष्ट कविताहरू वाचन गरे । कविता लेख्नु आफ्ना लागि
जीवन जिउने यौटा कला तथा साधना भएको बताउँदै कवि अधिकारीले समता र पोयुसांप आफ्ना लागि
कविताको घर र आराधना गर्ने थलो रहेको र आफू १७ औँ सन्ध्यादेखि समतासित जोडिएको स्मरण
गरे ।
संस्थाकी सल्लाहकार
सरस्वती प्रतीक्षाले कवि अधिकारी एकसाथ मष्तिस्कका दुइटै पाटा उत्तिकै सक्रिय
ढङ्गले चलाउने अदभूत प्रतिभा भएको साहित्यकार र गणितज्ञ भएको उल्लेख गर्दै
शुभकामना तथा सदिच्छा राखिन् । यो महिना कवि वासु शशीको जन्म महिना पनि परेकोले
साहित्यकार दीपक समीपले कवि वासु शशीको बारेमा सङ्क्षिप्त जानकारी दिँदै उनी लिखित
कविता पनि वाचन गरे । कार्यक्रममा सरस्वती श्रेष्ठ ‘सरु’, जगन्नाथ रेग्मी, भूमिराज बस्ताकोटी, अमृत क्षेत्री, तारानाथ पराजुली, शरण आँशु , पूर्णिमा
प्रतिबिम्ब, हिममाया पौडेल, अमृता
पोखरेल, छन्दिका, समीप बैरागी, दीर्घराज गिरी ‘प्रियसी’ले आफ्ना रोज्जा कविता वाचन गरेका थिए । संस्थाको
साहित्य विभागकी संयोजक केशु शर्माले स्वागत गरेको कार्यक्रमको अध्यक्षता संस्थाका
उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष लक्ष्मण थापाले गरेका थिए भने सञ्चालन संस्थाका
सचिव एमडी काफ्लेले गरेका थिए ।
Post a Comment