गण्डकीमा Mathematics in Street कार्यक्रम सम्पन्न

 


पोखरा । नेपाल गणित समाज, गण्डकी प्रदेश समितिको आयोजनामा आइतबार पोखराको पृथ्वीचोकमा Mathematics in Street कार्यक्रम अत्यन्त उत्साहप्रद ढङ्गले सम्पन्न भएको छ ।

समाजका अध्यक्ष डा. त्रिभुवन शर्माको सभापतित्वमा , पोखरा महानगरको शिक्षाशाखा प्रमुख हेम आचार्यको प्रमुख आतिथ्य तथा पृथ्वी नारायण क्याम्पस पोखराका गणित विभागका प्रमुख डा. का डा. ईश्वरमणि अधिकारी, उक्त विभागकै पूर्व विभागीय प्रमुख राजेन्द्र रेग्मी र गणित शिक्षा परिषद गण्डकी प्रदेशका अध्यक्ष बेद शर्मा, लगायतका गणितज्ञहरूको विशेष उपस्थितिमा समाजका सचिव विश्व अधिकारीको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा करिव ३०० जना व्यक्तिहरूले सफलता पूर्वक गणितसँग सम्बद्ध विभिन्न रोचक खेलहरू खेलेर पुरस्कार समेत प्राप्त गरेका थिए । नेपाल गणित समाज , गण्डकी प्रदेश समितिकै सदस्य भद्रराज त्रिपाठीको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा संयोजक त्रिपाठीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्र्दै स्वागत गर्नु भएको थियो भने समाजका उपसभापति तथा पोखरा विश्वविद्यालयका डिन प्रा. प्रा. राजेश राजेश ठकुराठीले कार्यक्रमको सफलताको कामना गर्नुभयो ।



मानव सभ्यताको विकाससँगै जोडिएको गणितको विकास, प्रभावकारिता र यस्को उपयोगिता तथा दैनिक जनजीवनसित गणितको अन्तरसम्बन्धको चर्चा गर्दै बिशेष अतिथि डा अधिकारीले यस्ता कार्यक्रमहरूले सर्व साधारण जनमानसमा गणितप्रति थप चासो र जिज्ञासा बढाउन फलदायी हुने धारणा राख्नु भयो भने प्रमुख अतिथि आचार्यले गणितलाई मानव जीवन र हाम्रा दैनन्दिनी गतिविधिहरूसित जोड्नु पर्ने विचार व्यक्त गर्नुभयो । पृ्थ्वी नारायण क्याम्पस, पोखराका गणित शिक्षा तर्फ स्नातक चौथो वर्षका विद्यार्थीहरू सरस्वती रानामगर, रेश्मा रोका, गणेश भण्डारी, दुर्गा गिरी, किरण बिके, सुशिला तामाङ, हेमबहादुर राना , बालोदय माविका रिनासा आचार्य, लावण्या लम्साल, दिपासा बिष्ट, सिजन आचार्य, आयुसा पौडेल सँगै गण्डकी आदर्श माविका सार्थक पोखरेल र विमर्श लम्साल लगायतका विद्यार्थीहरूले स्वयम् सेवकको भूमिका निर्वाहा गर्दै झण्डै आधा दर्जन जस्तो विभिन्न खेलहरू खेलाएका थिए । उक्त गतिविधिहरूलाई समाजकै पदाधिकारी तथा सदस्यहरू माधव प्रसाद पौडेल, ठाकुर प्रसाद पोखरेल, तथा रमेश आचार्य लगायतका गणितज्ञ सरहरूले सहजीकरण गर्नुभएको थियो ।

यसैबिच, पोखराका अन्य केही बिद्यालयहरूले स्वतस्फूर्तरूपमा आआफ्ना क्षेत्रमा यसैगरी Mathematics in Steert कार्यक्रम मनाएको खबर छ भने पृथ्वी चोकमा सम्पन्न उक्त कार्यक्रमका लागि गुरुकूल मावि नयाँबजारले केही स्टेशनरी सामान सौजन्य समेत गरेर सघाएको थियो । कार्यक्रम समापनका अवसरमा अध्यक्ष डा शर्माले कार्यक्रम सफल पार्न खट्नु हुने समाजका सम्पूर्ण साथीहरू तथा स्वयम् सेवक विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमहरूले गणितको लोकप्रियता तथा महत्ता बढाउन थप बल पुग्ने अपेक्षा समेत व्यक्त गर्दै स्वयम् सेवक विद्यार्थीहरूलाई प्रमाणपत्र समेत वितरण गर्नुभयो ।

 

 

Post a Comment

Previous Post Next Post