वालिङ गजल उत्सव सम्पन्न, रात्री आकाश गजलकृति सार्वजनिक

वालिङ गजल उत्सव सम्पन्न, रात्री आकाश गजलकृति सार्वजनिक

Education News

@edunewsnp

२०८२ पुस १३ गते आईतबार ११:३१

स्याङ्जा, पुस १३ गते । स्याङ्जाको वालिङमा शनिवार वालिङ गजल उत्सव सम्पन्न भएको छ । सो उत्सवमा युवा गजलकार गुरुप्रसाद ढकालको पहिलो साहित्यिक कृतिको रूपमा ‘रात्री आकाश’  गजल सङ्ग्रह सार्वजनिक गरिएको छ । कृतिमा १३१ वटा समसामयिक गजल...


स्याङ्जा, पुस १३ गते । स्याङ्जाको वालिङमा शनिवार वालिङ गजल उत्सव सम्पन्न भएको छ ।
सो उत्सवमा युवा गजलकार गुरुप्रसाद ढकालको पहिलो साहित्यिक कृतिको रूपमा ‘रात्री
आकाश’  गजल सङ्ग्रह सार्वजनिक गरिएको छ ।
कृतिमा १३१ वटा समसामयिक गजल समावेश गरिएका छन् ।

स्याङ्जामा साहित्यिक
पुनर्जागरणको सातौँ वर्ष प्रवेशको पूर्वसन्ध्यामा वैकल्पिक बाटो पृथक् पाइला
सिर्जनात्मक अभियान २०७६
,  स्याङ्जाको ३८ औँ पाइलाका रूपमा गजल उत्सव
आयोजना गरिएको हो ।

गजलकारकी आमा
प्रेमकान्ति ढकालको अध्यक्षता तथा चर्चित युवा गजलकार व्यक्तित्व बाबु त्रिपाठीको
प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ‘रात्री आकाश’ गजल कृतिको लोकार्पणपश्चात् गजलकृति
र गजलकार गुरुप्रसाद ढकालको गजल लेखनमाथि केन्द्रित रहेर वक्ताद्वय सीता गौडेल
गैह्रे र राहुल शङ्करद्वारा समीक्षात्मक मन्तव्य प्रस्तुत गरिएको थियो ।

हुमनाथ ढकालद्वारा
स्वागत मन्तव्य प्रस्तुत गरिएको कार्यक्रमको संयोजन वैकल्पिक बाटो पृथक् पाइला
सिर्जनात्मक अभियान २०७६
, स्याङ्जाका संस्थापक संयोजक
युवाकवि तथा साहित्यिक अभियन्ता मिलन समीरद्वारा गरिएको थियो ।

कार्यक्रमको दोस्रो चरण
अर्थात् वालिङ गजल उत्सव- २०८२ को सन्दर्भमा स्रष्टाहरु दिलीप मगर
, ध्रुवप्रसाद शर्मा पङ्गेनी, सिर्जना खनाल, पूजा रेग्मी, गजल यात्री ए.सी., सरस्वती अर्याल काफ्ले, नेत्र अधिकारी, लोकनाथ भण्डारी, प्रेमबन्धु सुवेदी, चण्डिकाप्रसाद भट्टराई, लक्ष्मीप्रसाद भण्डारी,
अनिषा तिवारी, झवनाथ बस्याल, रेशमलाल डुम्रे, राजु गैह्रे, विनुप्रसाद
पराजुली
, देवराज गैह्रे, पारिश्वर
न्यौपाने
, शम्भु अर्याल, वसन्त खनाल,
मित्रलाल गौतम, हिमालयजंग बानियाँ, नारायण न्यौपाने, ढालबहादुर के.सी., भोजकुमारी पाण्डे, लेखनाथ काफ्ले, डोलराज भण्डारी, डिल्लीराम भण्डारी, कुसुम भण्डारी लगायतद्वारा आफ्ना उत्कृष्ट सिर्जनाहरु प्रस्तुत गरिएको
थियो ।

समारोहमा गजलकारकी आमा
प्रेमकान्ति ढकाल
, गजलकारकी अर्धाङ्गिनी कमला
गैह्रे ढकालका बुबा- आमा
, बाबु त्रिपाठी, “रात्री आकाश” गजल कृतिका सम्पादक मिलन समीर लगायतलाई दोसल्ला ओढाएर
मायाको चिनोसहित सम्मान गरिएको थियो ।
 

प्रकाशित मिति २०८२ पुस १३ गते आईतबार ११:३१