रामबालोदय आविको ६६ औँ वार्षिकोत्सव

रामबालोदय आविको ६६ औँ वार्षिकोत्सव

Education News

@edunewsnp

२०८० माघ २५ गते बिहिबार ०३:२४

 रामकुमार श्रेष्ठ सूर्यपाल (लमजुङ) । मध्यनेपाल नगरपालिका ३, सूर्यपाल  स्थित श्री रामबालोदय आधारभूत विद्यालयको ६६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । शुभकामना आदानप्रदान एवम् विविध शैक्षिक र खेलकुद प्रतियोगिता,...

 

रामकुमार
श्रेष्ठ

सूर्यपाल (लमजुङ) । मध्यनेपाल
नगरपालिका ३, सूर्यपाल  स्थित श्री
रामबालोदय आधारभूत विद्यालयको ६६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ

शुभकामना
आदानप्रदान एवम् विविध शैक्षिक र खेलकुद प्रतियोगिता
, सांस्कृतिक कार्यक्रम
भुपु बिद्यार्थी तथा चिन्तक सम्मान
, अक्षयकोष पुरस्कार प्रदान, चन्दादाता अभिनन्दन, अन्तर विदयालय
कार्यक्रम गर्दै विद्यालयको वार्षिकोत्सव समारोह एवम् अभिभावक दिवस सम्पन्न भएको
हो ।

प्रमुख
आतिथि वडाध्यक्ष केशव न्यौपानेले समायनुकूल वडाको शैक्षिक
, भौतिक, आर्थिक, सामाजिकलगायतका विकास
निर्माणका लागि आफ्नो टिम खटिइरहेको बताए । विद्यालयमा विद्यार्थी घट्दै गइरहेको
अवस्थामा पनि अभिभावकलाई निराश नहुन आग्रहका साथ नयाँ शैक्षिक योजना र कार्यक्रम
निर्माण गर्ने पनि उनले बताए । वडाको शिक्षा
, स्वास्थ्य, सडक, सामाजिक सुरक्षालगायतका विषयमा आफ्नो टिम योजनाबद्ध
रूपमा अघि बढिरहेको पनि वडाध्यक्ष न्यौपानेले बताए । त्यसै गरी जिल्ला समन्वय
समिति सदस्य शारदा गोदार साँखी
, वडा नं ५ का अध्यक्ष ओमवीर गुरुङ, मङ्गला माविका अध्यक्ष
लक्ष्मण बसौला
, मङ्गला मावि शिक्षक/अभिभावक संघका अध्यक्ष सूर्यलाल श्रेष्ठ, मङ्गला मावि का प्रअ
विष्णुहरि बास्तोला
, नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य किसान सङ्गीत, नागभैरव बचत तथा ऋण
सहकारी संस्थाका अध्यक्ष सन्तलाल श्रेष्ठले शुभकामना व्यक्त गरे ।

त्यसै
गरी भैरवकाली माविका प्रधानाध्यपक हरिश्चन्द्र लम्साल
, रामबालोदय आविका
पूर्वप्रअ परशुराम न्यौपाने
, सम्झना माविका प्रधानाध्यपक सन्तोष तिवारी, पूर्वप्रअ मेमबहादुर
गुरुङलगायतले पनि शुभकामना व्यक्त गर्दै गुणस्तरीय शिक्षाका लागि सुझाव दिए ।
कार्यक्रममा प्रधानाध्यापक बाबुराम साँखीले शैक्षिक प्रतिवेदनसहित चालुआवमा
विद्यालयमा भएको ३५ लाख रुपियाँ बराबरको आयव्यय विवरण प्रस्तुत गरे ।

सो
अवसरमा विद्यार्थी एवम् शिक्षिकाहरूबाट नृत्य सँगसँगै स्थानीयसमेत रहेका गायक
प्रकाश थापाले साङ्गीतिक प्रस्तुतिमार्फत मनोरञ्जन प्रदान गरे । त्यस्तै विविध
विद्यालयका बिच मेमोरी टेस्ट प्रतियोगिता
, अभिभावक महिला मेच घुमाइ प्रतियोगिता लगायतका
कार्यक्रम समेत सञ्चालन गरिएको थियो । मेमोरी टेस्टमा रिस्ती विकास इङ्लिस बोर्डिङ
स्कुल, सोतीपसल प्रथम
, मङ्गला मावि द्वितीय, मालिका आधारभूत
विद्यालय, रम्घा तृतीय र बालविकास मावि, तान्द्राङटक्सार सान्त्वना भए । त्यसै गरी
अभिभावक महिला म्युजिकल चियरतर्फ कविता साँखी प्रथम
,
आइतीमाया नेपाली द्वितीय र
अस्मिता साँखी तृतीय भए ।  

भुपू
विद्यार्थीबाट प्राप्त आर्थिक सहयोगमा जडान गरिएको व्यवस्थित साउण्ड सिस्टम र
टेण्टका बारेमा बताउँदै आर्थिक सहयोगमा जुट्ने भुपू विद्यार्थी तथा शुभचिन्तकहरूलाई
खादा तथा अबिर मालाद्वारा सम्मान गरियो ।

सो
अवसरमा शैक्षिक गुणस्तरका आधारमा शिक्षक सीता थापा
,
भौतिक प्रगतिका आधारमा
शिक्षिका अर्चना अधिकारी पौडेल र रामकुमार श्रेष्ठ पुरस्कृत भएका छन्

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् पूर्व वडाध्यक्ष नेत्रबहादुर बस्नेतको
अध्यक्षतामा भएको कार्यक्रममा शिक्षिका कान्छी मनमाया साँखीले स्वागत एवम् शिक्षक
रामकुमार श्रेष्ठले कार्यक्रम सञ्चालन गरे
a

 

प्रकाशित मिति २०८० माघ २५ गते बिहिबार ०३:२४