कुमुदिनीमा विद्यार्थी र अभिभावकका लागि उत्प्रेरणामूलक कार्यक्रम

कुमुदिनीमा विद्यार्थी र अभिभावकका लागि उत्प्रेरणामूलक कार्यक्रम

Education News

@edunewsnp

२०८२ असार १६ गते सोमबार १२:२६

 सुरेन्द्र सदिच्छापोखरा, १६ असार । पोखरा महानगरपालिका वडा नं ४ गैह्रापाटनमा रहेको कुमुदिनी होम्समा अभिभावकसहित कक्षा ९ र १० का विद्यार्थीका लागि उत्प्रेरणाको कार्यक्रम गरिएको छ । “अभिभावकको महत्व र विद्यार्थीहरु भविष्यका...

 


सुरेन्द्र सदिच्छा

पोखरा, १६ असार । पोखरा महानगरपालिका वडा नं ४ गैह्रापाटनमा रहेको कुमुदिनी
होम्समा अभिभावकसहित कक्षा ९ र १० का विद्यार्थीका लागि उत्प्रेरणाको कार्यक्रम
गरिएको छ ।

अभिभावकको
महत्व र विद्यार्थीहरु भविष्यका नेतृत्वकर्ता हुन्” विषयक कार्यक्रममा
अन्तराष्ट्रिय उत्प्रेरक वक्ता तथा मानव सेवा आश्रम नेपालका अध्यक्ष रामजी
अधिकारीले भविष्यमा सफल व्यक्ति बन्नका लागि विद्यार्थी
, विद्यालय
र अभिभावकको भूमिका महत्वपूर्ण हुने बताए ।

सफलता सजिलै प्राप्त
हुन सक्दैन । सफलता प्राप्त गर्नका लागि त्रिपक्षीय  सम्बन्ध र कर्म आवश्यक हुन्छ । अधिकारीले भने
, यदि जीवनमा सफलता चाहने हो भने मेहनत र असल कर्म नै हो । हामीले जस्तो
कर्म गर्छौं फल पनि त्यस्तै प्राप्त हुन्छ । असल कर्मले अन्ततः मानिसमा चाहिने
खुसी प्राप्त हुने
, शान्ति र समृद्धिको ढोका खुल्न कसैले
रोक्न नसक्ने बताए ।

उत्प्रेरक अधिकारीले
मानिसहरुमा बेचैनी छ । त्यो बेचैनी सबै उमेर तहकाहरुमा पनि छ । त्यसलाई आफैंले
हटाउन सकिन्छ । खराब खानपान
, लवाईखवाई, आनीबानीले धेरै पैसाको खर्च गराईरहेको अवस्थामा जीवनमा सफलता पाउन,
खुसी ल्याउन र समृद्धिको ढोका खोल्न केही खर्च गर्नुपर्दैन । आफैले
चित्त शुद्ध बनाउनु पर्‍यो । आत्मालाई अर्थात् चेतनालाई बढाउनु पर्‍यो र खराब
आचरणहरुलाई हटाए नसोचेको सफलता मिल्नेमा दुविधा हुँदैन ।

अभिभावक, विद्यार्थी र शिक्षक सबैमा सकारात्मक सोंच हुन आवश्यक भएको बताए ।
स्वावलम्बी  बन्नुपर्ने
, सामाजिकिकरणमा ध्यान दिने र वाणीको ज्ञानभन्दा पनि आत्मशुद्धि र आचरणको
ज्ञानमा भर पर्न सुझाए ।

एउटै खराब शब्दले
जिन्दगी अँध्यारो र बर्बाद बनाइदिन सक्छ । छोराछोरीले गल्ती गरिहाले भने त्यो
गल्तीको निदानको लागि सकारात्मक शब्दको प्रयोग र उत्प्रेरणा चाहिने बताए । बच्चाले
जानेका छैनन् भनेर नभनौं । जमाना एआईको आईसक्यो । हामीभन्दा विद्यार्थी र उनीहरुको
सोंच फराकिलो भईसकेको हुन्छ हामीले कम आँक्नु हुँदैन ।

 

अधिकारीले संसारमा आउने
बाटो एउटै भएको र त्यो बाटो आमा भएकोले आमा बाबालाई नै ईश्वर मान्ने
, शिक्षाको उज्यालो बाटो देखाउने शिक्षक र विद्यालय साक्षत् भगवान र भगवानको
मन्दिर भएको बताए । र उनले भने
, केही काम गर्दा, कसैलाई भेट्दा धन्यवादको संस्कारको विकास गर्न, आफ्नो
काम आफैं गर्न र स्वावलम्बी  बन्न अनुरोध
गरे ।

मैले सोचिरहेको थिएँ कि
यो विद्यालय कस्तो होला
? जब यहाँ आएर अवलोकन गरें मैले
नसोचेको र धेरै ज्ञान पनि पाएँ । विद्यालयले चाहेपछि सबै सम्भव पनि हुने रहेछ ।
हरियाली वातावरण
, कला, संस्कृतिको
झझल्को
, परम्परागत बस्तुहरुको संग्रह र चिनारी, अत्याधुनिक ल्याव, कलाकृतिको संग्रहालय, पुरानो नेपाली शैलीको भवन, भर्खरै नतिजा आएको एसइईमा
४ जिपिएसहित उत्कृष्ट नतिजाले मन धेरै प्रफुल्ल भयो । सायद अभिभावकलाई पनि त्यस्तै
भयाे हाेला। मैले धेरै कुराहरु भनुँला भनेको त यहाँ अगाडिबाट नै विद्यालय पढाइका
साथमा अतिरिक्त क्रियाकलाप
, मोटिभेसन लगायतका कार्यका लागि
उत्कृष्ट रहेछ अधिकारीले भने ।

विद्यालयका संस्थापक
अध्यक्ष अशोक पालिखेले साँढे तीन दशकदेखि संचालनमा रहेको विद्यालयको एउटै लक्ष्य
सधैँ कसरी उत्कृष्ट बन्ने भन्ने नै रहेको बताए । सधैं उच्च लक्ष्यका साथ अगाडि
बढिरहेकोले पढाइ होस् वा राष्ट्रका भविष्यका नेतृत्वकर्ता
, असल नागरिक बनाउनका लागि गर्नुपर्ने काममा कुनै कसर बाँकी नराख्ने बताए ।

सो अवसरमा पालिखेले यस
अगाडिका व्याचका सलाेन श्रेष्ठ लगायतका विद्यार्थीहरु एशियामै उत्कृष्ट मानिने
पुल्चोक इन्जिनियरिङ क्याम्पसमा स्कलरसिपमा पढिरहेका
, कोही नर्सिङ र कोही आईटीका क्षेत्र र विदेशमा पनि स्करसिपमा अध्ययन
गरिरहेका बताए । हामीले चाहेका विद्यार्थीहरु त्यस्ता बनाउन चाहेका छौं ।

पालिखेले भने, फेवातालमा गएर चम्चामा, कटौरा, गिलासमा, अम्खोरामा पानी ल्याउने होइन । हामीले
त्यहाँबाट गाग्री र घैंटोभरि पानी ल्याउने विद्यार्थी उत्पादन गर्ने हाे । यसतर्फ
विद्यार्थीले ध्यान दिनुपर्छ । जुन पानी परिवारका लागि र अरुका लागि पनि पुग्छ ।
पालिखेले विद्यार्थीमा मेहनत हुनुपर्ने
, तमाम् खराब
कुराहरुको पोकोलाई निस्तेज पार्न इन्जेक्सनले नभई पढाइ
, लेखाइ
र आत्मविश्वास सहितको मेहनतले नै लक्ष्यमा पुग्न सकिने बताए ।

यसैबीच, उत्प्रेरक, मानव सेवा आश्रम नेपालका अध्यक्ष
अधिकारीले फिष्टेल नर्सिङ क्यापसमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई पनि
उत्प्रेरणा
, ज्ञानका र सफलता प्राप्तिका कुराहरु सुनाए ।

प्रकाशित मिति २०८२ असार १६ गते सोमबार १२:२६