७९ औँ लघुकथा वाचन

७९ औँ लघुकथा वाचन

Education News

@edunewsnp

२०८२ मङ्सिर १४ गते शनिवार ०२:०१

 पोखरा, मङ्सिर १३ गते । लघुकथा प्रतिष्ठान, पोखराले आफ्नो नियमित लघुकथा वाचनको ७९ औँ शृङ्खला शनिवार सम्पन्न गरेको छ । प्रतिष्ठानका अध्यक्ष कल्याण पन्तको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष अल्पविराम पोखरेलीले नेपाली...

 

पोखरा, मङ्सिर १३ गते । लघुकथा प्रतिष्ठान, पोखराले आफ्नो
नियमित लघुकथा वाचनको ७९ औँ शृङ्खला शनिवार सम्पन्न गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष
कल्याण पन्तको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष अल्पविराम पोखरेलीले
नेपाली साहित्यमा लघुकथाको संस्था स्थापना गरेर पोखरेली साहित्यमा लघुकथा
प्रतिष्ठान नेपालमै एक मात्र नियमित लघुकथा वाचन हुने संस्थाको रूपमा दर्ज भएको
बताए । निवर्तमान अध्यक्ष लक्ष्मण थापाले सबैको साथ सहयोग भएका कारण लघुकथा
पोखराको लागि मात्र नभई गद्य क्षेत्रमा यसले राम्रो छाप छोडेको धारण राखे । 

कार्यक्रममा गीता
तिवारी
,
लोचना अधिकारी, लीला पण्डित, ढाकामोहन बराल, काजी गाउँले, जमुना
कायस्थ
, कृष्णप्रसाद बाँस्तोला, स्ट्रगल
राना
, विष्णु बाँस्तोला, लक्ष्मण गौतम,
लक्ष्मण थापा, अल्पविराम पोखरेली, रुपिन्द्र प्रभावी, कल्याण पन्तलगायतले आफ्ना लघुकथा
वाचन गरेका थिए ।

सचिव विष्णु
बाँस्तोलाले सञ्चालन गरेका कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष गीता तिवारीले
स्वागत मन्तव्य राखेकी थिइन् ।

प्रकाशित मिति २०८२ मङ्सिर १४ गते शनिवार ०२:०१