कालिका माविमा तिज गीत प्रतियोगिता

कालिका माविमा तिज गीत प्रतियोगिता

Education News

@edunewsnp

२०८१ भदौ १४ गते शुक्रबार ०१:४१

पोखरा, भदौ १४ गते । पोखरा महानगरपालिका, वडा नम्बर ३३ आँपुभन्ज्याङस्थित कालिका माविमा शुक्रवार तिज गीत प्रतियोगिता सम्पन्न भएको छ । हरितालिका तिजका अवसरमा वार्षिक शैक्षिक क्यालेन्डरअनुसार सञ्चालित प्रतियोगितामा मञ्जिता गुरुङ,...



पोखरा, भदौ १४ गते । पोखरा महानगरपालिका, वडा नम्बर ३३ आँपुभन्ज्याङस्थित कालिका माविमा शुक्रवार तिज गीत
प्रतियोगिता सम्पन्न भएको छ ।

हरितालिका तिजका अवसरमा
वार्षिक शैक्षिक क्यालेन्डरअनुसार सञ्चालित प्रतियोगितामा मञ्जिता गुरुङ
, सुनीता केसी, दिव्या सुनार, सफलता
शाही र कृतिका केसीको समूह प्रथम भएको थियो । त्यसै गरी
, प्रेमिका
तामाङ
, सुषमा तामाङ, निरुता लोहार र
सिर्जना नेपालीको समूह द्वितीय
, कृतिका विक, स्वस्तिका नेपाली र अस्मिता विकको समूह तृतीय र सन्ध्या परियार, सुहानी नेपाली, सम्झना नेपाली, दिया गुरुङ र कृतिका विकको समूह सान्त्वना भएका थिए । आधारभूत तह (१–५) मा
समीक्षा खत्री
, खुसी गुरुङ, शिवानी
गुरुङ
, सोमन्या गुरुङ र दीक्षा गुरुङको समूह प्रथम तथा
सामिया कुँवर
, विनिसा पाण्डे, कुसुम
नेपाली
, जेनी मगर र ओम तामाङको समूह द्वितीय भएका थिए ।

विद्यालयका प्रधानाध्यापक
रुपिन्द्र प्रभावी जोशीको अध्यक्षतामा भएको प्रतियोगिताका विजेताहरूलाई
शिक्षक–अभिभावक सङ्घका अध्यक्ष लालकाजी गुरुङ र सदस्य बेलबहादुर केसीले पुरस्कार
वितरण गरेका थिए । प्रतियोगिताका निर्णायकहरूमा शिवप्रसाद पौडेल
, शान्तादेवी घिमिरे र लक्ष्मी गिरी रहेका थिए । शिक्षिका बालकुमारी थापा
मगरको सञ्चालनमा भएको कार्यक्रममा कालिका बाल क्लबका सदस्यहरूले स्वागत गीत
प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति २०८१ भदौ १४ गते शुक्रबार ०१:४१