पोखरा थिएटरमा तीर्थ श्रेष्ठका पाँच आयाम प्रस्तुत

पोखरा थिएटरमा तीर्थ श्रेष्ठका पाँच आयाम प्रस्तुत

Education News

@edunewsnp

२०८२ साउन ४ गते शनिवार ०५:०५

 पोखरा, साउन ३ गते । पोखरा थिएटरले कवि तीर्थ श्रेष्ठका पाँच आयामलाई शनिवार प्रस्तुत गरेको छ । ‘हिउँमा नलेखिएका तीर्थ, पाँच आयामका साथ’ शीर्षकमा प्रस्तुत गरिएको कार्यक्रममा श्रेष्ठका कविता, मुक्तक, गीत, गजल र नाटक गरी पाँच विधाका...

 

पोखरा, साउन ३ गते । पोखरा थिएटरले कवि तीर्थ श्रेष्ठका पाँच आयामलाई शनिवार प्रस्तुत गरेको छ । ‘हिउँमा नलेखिएका तीर्थ, पाँच आयामका साथ’ शीर्षकमा प्रस्तुत गरिएको कार्यक्रममा श्रेष्ठका कविता, मुक्तक, गीत, गजल र नाटक गरी पाँच विधाका सिर्जना प्रस्तुत गरिएका थिए । .

श्रेष्ठका आमासम्बन्धी कवितामा आधारित नाटक हरेक दिन साँझ ५ बजे थिएटरमा प्रस्तुत गरिने थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका प्रमुख
डिल्लीराज भट्टले गण्डकी प्रदेश कला
, साहित्य,
सङ्गीत र लोकसंस्कृतिमा सम्पन्न रहेको धारणा राखे । 
भट्टले कला, साहित्य, प्रकृति र संस्कृतिको प्रवर्द्धन एवं
संरक्षण गर्नु हामी सबैको दायित्व रहेको उल्लेख गरे ।


आदिकवि भानुभक्त आचार्य, कवि शिरोमणि लेखनाथ
पौड्याल
, जनकविकेशरी धर्मराज थापा, लोककवि
अलिमियाँ
, लोकसंगीतका शिखर व्यक्तित्व झलकमान गन्धर्वदेखि
हालका सरुभक्त
, तीर्थ श्रेष्ठ, हरिदेवी
कोइराला लगायतको भूमि गण्डक क्षेत्र हो ।’ उनले भने, ‘यस भेगमा सिर्जित
अपार सांस्कृतिक ज्ञानपरम्परा र वैभवले यस क्षेत्रको चेतनालाई सदैव उँचो राख्दै
आएको छ । हाम्रा मौलिक तथा रैथाने संस्कृति
, कला–साहित्य,
रीतिरिवाज हाम्रा अमूल्य सम्पदा हुन् ।’

यस भूमिलाई जीवन्त र
सांस्कृतिक दृष्टिले समृद्ध बनाउने अभियानमा संस्थागत तथा व्यक्तिगत तर्फबाट पनि
विभिन्न प्रयासहरु भएको पाएको बताउँदै उहाँले गण्डकीको राजधानी पोखरा शहरलाई कला र
संस्कृतिको मञ्च बनाउन पोखरा थियटरले निरन्तर कर्म गरिरहेकोमा खुशी व्यक्त गरे ।

साहित्यकार
तीर्थ श्रेष्ठसँगै उनका सिर्जनाहरू सञ्जीव पौडेल, अमृत क्षेत्री र प्राञ्जलले पनि प्रस्तुत गरेका थिए ।

पोखरा थियटरका अध्यक्ष मोतीबहादुर कार्की (परिवर्तन) को अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति २०८२ साउन ४ गते शनिवार ०५:०५