कुमुदिनीका कक्षा ११ का विद्यार्थीलाई उत्प्रेरित गर्दै डा. कटवालले सुनाए सफलताका रहस्यहरू

कुमुदिनीका कक्षा ११ का विद्यार्थीलाई उत्प्रेरित गर्दै डा. कटवालले सुनाए सफलताका रहस्यहरू

Education News

@edunewsnp

साउन ४, २०८२

 पोखरा, साउन ४ गते  । स्थापनाको ३९औं वर्षमा रहेको पोखरा ४ गैह्रापाटमा अवस्थित प्रतिष्ठित विद्यालय कुमुदिनी होम्समा आईतबार कक्षा ११ का विद्यार्थीलाई स्वागत र उत्प्रेरणा जगाउने कार्यक्रम गरिएको छ । विद्यालयको सभाहलमा अभिभावकसहित...

 

पोखरा, साउन ४ गते  । स्थापनाको ३९औं वर्षमा रहेको पोखरा ४
गैह्रापाटमा अवस्थित प्रतिष्ठित विद्यालय कुमुदिनी होम्समा आईतबार कक्षा ११ का
विद्यार्थीलाई स्वागत र उत्प्रेरणा जगाउने कार्यक्रम गरिएको छ ।

विद्यालयको
सभाहलमा अभिभावकसहित उपस्थित भएका विद्यार्थीहरू
, शिक्षक तथा अभिावकका
लागि उत्प्रेरक डा रविन कटवालले सफलताका रहस्यहरूको बारेमा सहजिकरण गरे ।
कार्यक्रममा सहभागि विद्यार्थी
,
अभिभावक लगायतका सबैलाई कक्षा
१२ का विद्यार्थी अर्जुन विकले स्वागत गरेका थिए ।

कार्यक्रममा
विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले विद्यार्थीको सर्वाङ्गिन विकासका लागि
र भविष्यमा सफल व्यक्ति बन्नका लागि यसप्रकारका मोटिभेसनका कार्यक्रमहरू निरन्तर
गर्दै आएको बताए ।

विद्यार्थी
पनि हाम्रा छोराछोरी हुन् । उनीहरूको शिक्षाका लागि हामीलाई सुम्पिनु भएको छ । अब
हाम्रो दायित्व उनीहरूको पढाईसंगै अतिरीक्त कार्यक्रहरूमा अब्बल बनाउनु हो यसमा
हामी कुनै कन्जुस्याई गर्दैनौ पालिखेले भने।

यसपालिको
एसईईमा सलीना खत्रीले चार जिपिएसहित ६३ विद्यार्थीले उत्कृष्ट नजिता हाँसिल
गरेकोमा उनले विद्यार्थी
, अभिभावक,
शिक्षक सबैलाई आभार व्यक्त गरे
। उनले सलीनालाई रुपैयाँ १ लाख १ हजारसहित स्वर्ण पदकले विशेष समारोहमा सम्मान
गरिने बताए ।

हाम्रो
चाहाना विद्यार्थीलाई प्रेसर दिएर यतिउति जिपिए ल्याउनै पर्छ भन्ने होईन ।
विद्यार्थीले ५० प्रतिशत मेहनत त गर्नै पर्यो बाँकी अभिभारा विद्यालयले पूरा गर्छ
। हाम्रा चार जिपिए नल्याएका विद्यार्थीहरू सलोन श्रेष्ठ
, सुमिना श्रेष्ठ,
आदित्य तथा राजन आचार्य
लगायतले दशौं हजार विद्यार्थीलाई उछिनेर देश विदेशका प्रतिष्ठित कलेजहरूमा
स्कलरसिपमा अध्ययन गरिरहेका छन् । हामीले तत्कालका लागि नभई भविष्यको सफल कर्णधार
बनाउन चाहिरहेका छौं । हाम्रा विद्यार्थीहरूले त्यहि लयलाई पकडेकोमा हामी र
अभिभावक सबै खुसी हुनुपर्ने कुरा यही नै हो अध्यक्ष पालिखेले भने ।

विद्यार्थीसहित
अभिभावक तथा शिक्षकलाई उत्प्रेरणा जगाउन काठमाडौंबाट पाेखरा आएका उत्प्रेरक डा
रविन कटवालले द सेक्रेट अफ सक्सेस् अर्थात सफलताका रहस्यहरूका बारेमा सहजिकरण गरे
। उनले ज्ञान जस्तो ठूलो कुरा अरु नभएकोले हामी सबैको पहिलो सर्त भनेको शिक्षा नै
रहेको बताए । यो मेहनत गरेर
,
सिकाईको लगाव राखेर आर्जन
गरिने चिज भएकोले मेहनतका श्रृंखलाहरू चढिरहन सुझाए ।

सफलता
प्राप्तिका लागि विद्यार्थीहरूले नेपाली कला
,
संस्कार, संस्कृति जान्न आवश्यक भएको बताए । उनले भने तपाँईहरू
भाग्यमानि हुनुहुन्छ । यो विद्यालय कला
,
संस्कार, संस्कृति,
वातावरणको संरक्षण् र
प्रवर्धनका लागि अगाडी रहेको छ । यो त यहाँ रहेको कलात्मक संरचना
, २००, ३०० वर्ष पुराना झ्याल ढोकाहरू र भक्तपुरे
ईंटाको प्रयोटबाटै प्रस्ट भईसकेको छ ।

संसारमा
५ प्रतिशत मानिसहरू सफल छन् । बाँकी रहेका ९५ प्रतिशत कुनै न कुनै उल्झनमा रहेकोले
, मेहनतको कमिले सफल हुन सकेका छैनन् । म भन्छु देशमा मात्रै
होईन विदेशमा पनि स्यालुट गर्ने उदेश्य लिएर अगाडी बढ्नुपर्छ र त्यो ज्ञानबाटै
संभव छ उनले भने। अहिले १२ पास गर्न पाको छैन विदेश जान हतार
, अभिभावकलाई विदेश पठाउन हतार भईरहेको देखिन्छ । विदेशमा
हामीले सोचे जस्तो छैन । कति डिप्रेसनमा परेका
, धपडिमा परेका छन् त्यो
कसैले हेक्का गरेको छैन । पैसा नै कमाउने हो भने कुनै पनि क्षेत्रको अध्ययन
गर्नुस् त्यो देशमै बसेर पूरा गर्न सकिन्छ ।

ज्ञान
प्राप्त गरेको व्यक्ति संसारमै सुन्दर हुन्छ र सबैले चिन्दछन् । उ विशिष्ट
व्यक्तिको रुपमा कहलिन्छ । अबका २० वर्षमा मैले देख्नेछु र सुन्नेछु तपाँई
भाईबहिनीहरू सुन्दर र विशिष्ट व्यक्ति भईसकेको हुनुहुनेछ ।


थोमस
अल्वा एडिसन विद्यालयबाट रेस्टिकेट भएका थिए । तर उनको मेहनतले उनलाई विश्वकाे
कहलिएको वैज्ञानिक बनायो । राईट दाजुभाईले एरोप्लेनको कुरा गर्दा सबैले उडाउथे तर
उनीहरूले आविश्कार गरेरै छोडे । उनीहरूको अनुसन्धानले नै हो अहिले आकाशमा प्लेन
उडिरहेका छन् ।

हेलन
केलरलाई अढाई वर्षको उमेरमा आँखाको दृष्टि गुमाउन् पर्यो
, कान नसुन्ने र बोल्न पनि नसक्ने । कसैले पत्याएका थिएनन् ।
तर मेहनत
, दृढ इच्छा भएपछि त्यो सपना साकार हुनेरहेछ ।
अहिले हेलन केरलाई हामी राजनीतिज्ञ
,
प्रोफेर विद्वानको रुपमा
चिन्दछौं ।

सबैले
सपना देख्नुहोस् र त्यो साकार पार्ने लक्ष्यमा लागिरहनुस् शतप्रतिशत त्यो सपना
साकार हुन्छ म ठोकुवासाथ भन्छु
,
उत्प्रेरक कटवालले भने ।
विद्यार्थीहरूले आफ्नो दिमागलाई सक्रिय बनाईरहनु पर्ने र अल्छिपनालाई हटाउनु पर्ने
बताए । सधैं सकारात्मक सोंचको विकास गर्नुपर्ने
, उत्साहित हुनुपर्ने, हण्डर ठक्कर र संघर्षबाट कहिल्यै पछि नसरे, काममा तल्लिन भईरहे,
आशावादी भईरहे, आफैंलाई विश्वास गरिरहे र कुशल योजनाकारको रुपमा स्थापित हुन
सबै ज्ञान आर्जनबाटै संभव छ ।

कार्यक्रममा
यसपटकको एसईईमा चार जिपिए ल्याउने सलिना कत्री लगायतका विद्यार्थीलाई सम्मान
गरिएको थियो । कक्षा ११ मा साइन्स
,
व्यवस्थापन र होटल
व्यवस्थापनतर्फ भर्ना भएका विद्यार्थीहरूलाई स्वागतसहित फूलमाला लगाई स्वागत
गरिएको थियो । कक्षा ११ का विद्यार्थीले स्वागत नृत्य प्रस्तुत गरेका थिए । सोहि
अवसरमा यस शैक्षिक सत्रबाट अध्यापनका लागि आएका शिक्षक डा. झपेन्द्र अधिकारी
, शुवास शर्मा र सचिन सुवेदीलाई स्वागत गरिएको थियो ।

कार्यक्रममा
व्यवस्थापन
, होटल व्यवस्थापन तर्फका विभागीय प्रमुख विकास
ढुंगानाले व्यवस्थान शिक्षाका बारेमा सहजिकरण गरे । विज्ञान तर्फका संयोजक कृष्ण
अधिकारीले विज्ञान विषय र यसका आयामहरू तथा विद्यार्थीले विद्यालयमा पालना
गर्नुपर्ने कुराहरूको चर्चा गरेका थिए ।

कवि, विद्यालय व्वस्थापन समितिकी सदस्य सरस्वती प्रतिक्षाले
टिनएजबाट पार हुन लागेका अहिलेका विद्यार्थीहरू सूचना र संचारका सामग्रीबाट टाढा
रहन नसक्ने भएकोले पढाइको अवधिभर प्रयोगमा ल्याउन कडाई गर्नुपर्ने र सुरक्षित
व्यवस्थापनको खाँचो रहेको बताईन् ।

प्रकाशित मिति साउन ४, २०८२