पोखरा, ११ साउन । पोखरा वडा नं ४ मा कुमुदिनी
होम्समा आइतवार हजुरबुबा हजुरआमा दिवस विद्यार्थीका अभिभावक, हजुरबुबा
हजुरआमासंँगै मनाइएको छ ।
मन्टेश्वरी तथा कक्षा १, २ र ३ का विद्यार्थीहरुलाई उनीहरुका हजुरबुबा र हजुरआमासंँगै विद्यालयको
सभाहलमा अलग अलग कार्यक्रम गरेर दिवस मनाईएको हो । सो अवसरमा विद्यार्थीले नृत्य,
नाटक प्रस्तुत गरेका थिए । हजुरबुबा हजुरआमालाई विभिन्न खेलमा
सहभागि गराईएको थियो ।
विद्यालयक संस्थापक
अध्यक्ष अशोक पालिखेले विद्यार्थीलाई सानै उमेरदेखि विभिन्न प्रकारका ज्ञानवर्धक
अतिरिक्त क्रियाकलापमा संलग्न गराउँदा उनीहरुले थप ज्ञान हाँसिल गर्ने बताए । सानै
उमेरबाट दिवसहरु, आफ्नो, संस्कार,
संस्कृति, भित्री तथा बाह्य वातावरण, सामाजिक सेवा र सत्कार लगायतका विषयहरुमा घुलमिल गराउन सकियो भने असल
मानिस बन्न र भविष्यमा त्यसले पहिचानको काम गर्ने बताए ।
“अग्रजका कुराहरु
सुन्नु पर्छ” त्यसै भनिएको होईन । उहाँहरुसंग जीवन भोगाईका, ज्ञानका धेरै कुराहरु हुन्छन् । अर्को कुरा बालबालिकाले हजुरबुबा
हजुरआमासंगै रहन, खेल्न र कुराकानी गर्न मन पराउँछन् र
उनीहरुका नजिकका माया गर्ने बालबच्चाहरु र बालबच्चाका लागि हजुरबुबा हजुरआमाहरु नै
हुन्छन् ।
हजुरबाबा हजुरआमा दिवस
मनाउनुको मुख्य उद्देश्य पनि त्यही हो । उहाँहरुप्रति सम्मान, माया, कदर र कृतज्ञता पनि प्रकट गर्नु हो । यो दिन
विशेष गरी उहाँहरूले हाम्रो जीवनमा पर्याएको योगदानको कदर गर्न र उहाँहरूको माया,
त्याग र योगदानलाई सम्झनका लागि मनाउने गरिएको छ ।
हाम्रो जीवनमा हजुरबाबा
हजुरआमाको अनुभव, ज्ञान र माया अमूल्य हुन्छ । यस
दिन उहाँहरूलाई विशेष सम्मान गरिन्छ ।
परिवार, संस्कृति र मूल्यहरूको संरक्षणमा पुर्याएको भूमिका महत्वपूर्ण हुन्छ ।
त्यसैले यो दिन उहाँहरूप्रति आभार प्रकट गरिन्छ।
जेठो पुस्ताबाट नयाँ
पुस्तामा संस्कार, भाषा र परम्पराहरू हस्तान्तरण
गर्न यस्ता दिवसहरूले महत्वपूर्ण भूमिका खेल्ने पालिखेले बताए ।
कार्यक्रमको आरम्भमा
प्रि एक र दुईका विद्यार्थीद्वारा मन्त्रोच्चारण गरिएको थियो । सो अवसरमा
विद्यार्थीले विभन्न प्रकारका नृत्य नाटक प्रस्तुत गरेका थिए ।
मन्टेश्वरी इन्चार्ज
अमृता आलेले सहभागीहरुलाई स्वागत गर्दै हजुरबुबा हजुरआमा घर, समाजका पहिलो गुरु भएका बताईन् । उहाँहरुमा जीवन भोगाईका धेरै ज्ञानहरु
हुन्छन् जो हाम्रा लागि मार्गदर्शक बन्न सक्छन् उनले भनिन् ।
कार्यक्रममा विद्यालय
व्यवस्थापन समितिका सदस्यहरु मीना पालिखे, रश्मी पालिखे,
कुशल पालिखे, आधारभूत तह इन्चार्ज सजनी माजु,
नृत्य प्रशिक्षक सजिना गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
मन्टेश्वरीतर्फको कार्यक्रमको सञ्चालन शिक्षक निलम प्रधानले गरेकी थिइन् । त्यस्तै
दोस्रो चरणमा प्राइमरी तर्फको कार्यक्रममा सम्पन्न भएको थियो । जसमा
विद्यार्थीहरूको विभिन्न प्रस्तुति रहेको थियो। कक्षा १ का विद्यार्थीहरूले राइम्स,
३ का विद्यार्थीहरूले पियानिका बजाएर आफ्ना अभिभावलाई खुसी पारेका थिए। आफ्ना अभिभावक र छोराछोरीको
सामूहिक नृत्य र हजुरबाआमाहरूका विभिन्न खेलले कार्यक्रममा रौनक थपेको थियो ।
प्राइमरी तर्फको कार्यक्रम प्राइमरी इन्चार्ज कुसुम गुरुङले सञ्चालन गरेकी थिइन् ।









