कुमुदिनी होम्स विद्यालयमा वार्षिक खेलकुद

कुमुदिनी होम्स विद्यालयमा वार्षिक खेलकुद

सुरेन्द्र सदिच्छा

@facebook

कार्तिक २०, २०८३

पोखरा, कार्तिक २० गते । महानगरपालिका वडा नं ४, गैह्रापाटनमा सञ्चालित कुमुदिनी होम्स माध्यमिक विद्यालयको वार्षिक कार्यतालिकाअनुसार ४० औं वार्षिक खेलकुद प्रतियोगिता २०८३ शुक्रवार सम्पन्न भएको छ । विद्यालयका संस्थापक अध्यक्ष...

पोखरा, कार्तिक २० गते । महानगरपालिका वडा नं ४, गैह्रापाटनमा सञ्चालित कुमुदिनी होम्स माध्यमिक विद्यालयको वार्षिक कार्यतालिकाअनुसार ४० औं वार्षिक खेलकुद प्रतियोगिता २०८३ शुक्रवार सम्पन्न भएको छ ।

विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले विद्यालय प्राङ्गणमा बेलुन उडाएर  बुधवार प्रतियोगिताको औपचारिक शुभारम्भ गर्नुभएको भए पनि मन्टेश्वरीदेखि ५ कक्षा सम्मका विद्यार्थीको खेलकुद भने १५ गतेदेखि नै सञ्चालन गरिएको थियो । सो अवसरमा विद्यार्थीहरूले आकर्षक मार्चपास प्रस्तुत गरेका थिए भने अध्यक्ष पालिखेले मार्चपासको सलामी ग्रहण गर्नुभएको थियो।

प्रतियोगिता अवधिभर करिब नौ सय विद्यार्थीहरूले अन्तर सदनात्मक तथा खुल्ला गरी विभिन्न  विधाका खेलकुदमा भाग लिएको कुरा अतिरिक्त क्रियाकलाप इन्चार्ज दिपेन्द्र थापा मगरले जानकारी दिनुभयो । विद्यार्थीहरूमा शैक्षिक सिकाइले मात्र होइन खेलकुदप्रतिको लगावले पनि महत्त्वपूर्ण उपलब्धि हासिल हुन सक्छ त्यसैले विद्यालय सधैं त्यसप्रति सचेत रहँदै आएको कुरा इन्चार्ज थापा मगरले बताउनुभयो ।

अन्तर सदनात्मक रुपमा सञ्चालन गरिएको कक्षा ४ देखि ६ सम्मको छात्र फुटबलमा लालीगुँरास सदन प्रथम भएको छ भने यती सदन द्वितीय भएको छ। त्यस्तै कक्षा ७ र ८ को छात्र फुटबलमा यती सदन प्रथम र लालीगुँरास सदन द्वितीय भएको छ। सिनियर फुटसल छात्रतर्फ यती सदन प्रथम र लालीगँरास सदन द्वितीय भएको छ। त्यस्तै छात्रा फुटसलतर्फ लालीगुँरास सदन प्रथम र डाँफे सदन द्वितीय भएको छ । सिनियर  बास्केटबल छात्रतर्फ लालीगुँरास सदन प्रथम र कुमारी सदन द्वितीय भएको छ भने छात्रातर्फ यती सदन प्रथम र लालीगुँरास सदन द्वितीय भएको छ । कक्षा ८ देखि १० सम्मको भलिबल छात्रतर्फ लालीगुँरास सदन प्रथम र यती सदन द्वितीय भएको छ। कक्षा ६ देखि १० सम्मको छात्रा भलिबलमा यती सदन प्रथम र लालीगुँरास सदन द्वितीय भएको छ । त्यस्तै रस्साकस्सी छात्रतर्फ यती सदन प्रथम र डाँफे सदन द्वितीय भएको छ भने छात्रातर्फ कुमारी सदन प्रथम र डाँफे सदन द्वितीय भएको छ।आधारभूत तह स्तरीय छात्र कबड्डीमा यती सदन प्रथम र कुमारी सदन द्वितीय भएको छ भने छात्रातर्फ यती सदन प्रथम र लालीगुँरास सदन द्वितीय भएको छ ।

प्रतियोगिता अवधिभर विभिन्न खुल्लातर्फका खेलकुद पनि सञ्चालन गरिएको थियो । छेलो फाल्ने खेल अन्तर्गत आधारभूत तह छात्रतर्फ कक्षा ८(ख) को सनराइज पुन प्रथम, कक्षा ७(क) को रोहिल गुरुङ द्वितीय र कक्षा ७( ग) को मनिष गुरुङ तृतीय भएका छन् ।भने छात्रातर्फ कक्षा ७(ग) की मञ्जु राई प्रथम,कक्षा ८( ख ) की दीक्षा श्रेष्ठ द्वितीय र कक्षा ८( ग) की ग्रेसी गुरुङ तृतीय भएका छन् ।माध्यमिक तह (९-१०) को छेलो खेलमा छात्रतर्फ एलिश आउजी (९ ग) प्रथम, रिधान शेरचन (१० क) द्वितीय र सोहन श्रीश १०(क) तृतीय भएका छन भने छात्रातर्फ एन्सी तिलिजा पुन प्रथम , कोमल गुरुङ द्वितीय र अश्लेषा सुवेदी तृतीय भएका छन्। टेबलटेनिसमा कक्षा १० (ख) को एञ्जल पुन प्रथम, कक्षा ९(क) को आर्यन शाह द्वितीय र १० ( ग) को सम्पन्न लिगल तृतीय भएका छन् ।

ब्याडमिन्टन छात्रातर्फ कक्षा १० (क )की रिम्सा श्रेष्ठ प्रथम, कक्षा १० (ग) की जोयना गुरुङ द्वितीय र कक्षा ९ (ख) की शिवानी राई तृतीय भएका छन् । त्यस्तै आधारभूत तह स्तरीय छात्रा ब्याडमिन्टनतर्फ कक्षा (७ ) की अविना भुजेल प्रथम, कक्षा ७ (क) की गृहाना गुरुङ द्वितीय र कक्षा ७ (ग)  मञ्जु राई तृतीय भएको कुरा शिक्षक सुरेन्द्र सदिच्छाले जानकारी दिनुभयो।

प्रकाशित मिति कार्तिक २०, २०८३