रूपामा वाङ्मय प्रतिष्ठान स्थापना हुँदै

रूपामा वाङ्मय प्रतिष्ठान स्थापना हुँदै

Education News

@edunewsnp

२०८१ भदौ ८ गते शनिवार ०४:२१

 पोखरा । रूपा गाउँ-पालिका स्थायी ठेगाना भई विभिन्न भूभागमा बसोबास गर्ने सम्पूर्ण कला साहित्य तथा संगित प्रेमीहरुलाई  साहित्यिक सञ्जालमा आबद्ध गरी संस्थागत गर्ने उद्देश्यले 'रुपा वाङ्‌मय प्रतिष्ठान' को स्थापना हुने भएको छ । रूपा गाउँपालिकाभित्रका...

 

पोखरा
। रूपा गाउँ-पालिका स्थायी ठेगाना भई विभिन्न भूभागमा बसोबास गर्ने सम्पूर्ण कला
साहित्य तथा संगित प्रेमीहरुलाई
  साहित्यिक सञ्जालमा आबद्ध गरी संस्थागत
गर्ने उद्देश्यले
रुपा वाङ्‌मय प्रतिष्ठानको
स्थापना हुने भएको छ ।

रूपा
गाउँपालिकाभित्रका साहित्य
, कला तथा संगितमा लागेका व्यक्तिहरुको
भेलाले रुपा वाङ्मय प्रतिष्ठान गठन गर्ने उद्देश्यका साथ आज आदर्श पोखरेलको
संयोजकत्वमा रुपा
वाङ्मय प्रतिष्ठान तदर्थ समिति गठन गरेको छ । २१
सदस्यीय उक्त समितिमा सह संयोजक मदन मल्ल ठकुरी तथा सचिवमा मदन घिमिरे चयन भएका
छन् ।
  उक्त समितिले ३ महिनाभित्र संस्था दर्ता प्रकृया
तथा साधरण तथा आजीवन सदस्यता वितरण गरी अधिवेशन सम्पन्न गर्नेछ ।
रुपा
गाउँपालिका भित्र रहेका कला
, साहित्य,
संगित तथा वाङ्‌मय क्षेत्रमा
रहेका मानिसहरुलाई एउटै सस्थामा आवद्ध गराउने
, रुपा गाउँपालिकाभित्र विद्यालय तहदेखि नै
साहित्य
, संगित तथा कला सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने
रू‌पा गाउँपालिकाभित्र साहित्य कला तथा संस्कृतिको संरक्षण र संवर्धनमा सहयोग
गर्ने उद्देश्यले यो संस्था गठन गर्न लागिएको संस्थाका तदर्थ समिति संयोजक आदर्श
पोखरेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०८१ भदौ ८ गते शनिवार ०४:२१