सम्मान समर्पण, बधाई ज्ञापन तथा सिर्जना वाचन कार्यक्रम सम्पन्न

सम्मान समर्पण, बधाई ज्ञापन तथा सिर्जना वाचन कार्यक्रम सम्पन्न

Education News

@edunewsnp

२०८२ जेठ ३२ गते शनिवार ०४:४६

वालिङ, स्याङ्जा, ३१ जेठ । वरिष्ठ साहित्यकार देवीप्रसाद वनवासीलाई सम्मान, युवा साहित्यकारद्वय मिलन समीर र शम्भु अर्याललाई बधाई ज्ञापन तथा सिर्जना वाचन कार्यक्रम सम्पन्न भएको छ । स्याङ्जामा साहित्यिक पुनर्जागरणको छैटौं वर्ष पुगेको...


वालिङ, स्याङ्जा, ३१ जेठ । वरिष्ठ साहित्यकार देवीप्रसाद
वनवासीलाई सम्मान
, युवा साहित्यकारद्वय मिलन समीर र शम्भु
अर्याललाई बधाई ज्ञापन तथा सिर्जना वाचन कार्यक्रम सम्पन्न भएको छ ।

स्याङ्जामा साहित्यिक
पुनर्जागरणको छैटौं वर्ष पुगेको सन्दर्भमा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक
अभियान २०७६
, स्याङ्जाको ३३औं पाइलाको रूपमा आयोजना
गरिएको कार्यक्रम आज शनिबार दिउँसो वालिङ-६
, मिर्दीस्थित
नेचुरल भ्यू प्वाइन्ट रेस्टुरेन्टको सभाहलमा सम्पन्न गरिएको थियो ।

कार्यक्रममा नेपाली
लेखक संघद्वारा गत वैशाख १६ गते तेस्रो राष्ट्रिय लेखक दिवसको अवसरमा प्रज्ञा भवन
, कमलादी,काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा वरिष्ठ
साहित्यकार देवीप्रसाद वनवासीलाई प्रदान गरिएको मानार्थ सदस्यता सम्मान समर्पण
गरिएको थियो भने वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६
, स्याङ्जाका संस्थापक संयोजक मिलन समीर नेपाली लेखक संघको गत चैत १६ र १७
गते शान्तिभूमि
, लुम्बिनीमा सम्पन्न भएको आठौं राष्ट्रिय
अधिवेशनबाट केन्द्रिय सचिवमा र संस्थापक सहयात्री शम्भु अर्याल प्रगतिशील लेखक
संघको गत चैतमा काठमाडौंमा सम्पन्न भएको राष्ट्रिय अधिवेशनबाट केन्द्रिय पार्षद
सदस्यमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ज्ञापनसमेत गरिएको थियो ।

वरिष्ठ साहित्यकार
व्यक्तित्व देवीप्रसाद वनवासीको अभिभावकत्वमा अनौपचारिक रूपमा आयोजना गरिएको
कार्यक्रममा चण्डिकाप्रसाद भट्टराईद्वारा कार्यक्रममा वाचन गरिएका रचनाहरुमाथि
केन्द्रित रहेर समीक्षात्मक टिप्पणी प्रस्तुत गरिएको थियो ।

कार्यक्रमलाई वैकल्पिक
बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६
, स्याङ्जाका
संस्थापक संयोजक युवाकवि मिलन समीरद्वारा सहजीकरण गरिएको थियो ।

कार्यक्रममा स्याङ्जाली
कवि व्यक्तित्वहरु शम्भु अर्याल
, दिलीप तिवारी, स्मारिका अर्याल, पारिश्वर न्यौपाने, सरस्वती अर्याल, खगेन्द्रजंग थापा, प्रेमप्रसाद सुवेदी, इन्द्रप्रसाद पाठक, ढालबहादुर के.सी., ध्रुवप्रसाद शर्मा पङ्गेनी,
लेखनाथ काफ्ले, भविश्वर पङ्गेनी, पुजा रेग्मी, शान्ता थापा, चण्डिकाप्रसाद
भट्टराई
, मिलन समीर, देवीप्रसाद वनवासी
आदिद्वारा आफ्ना उत्कृष्ट मुक्तक
, गजल र कविता रचनाहरु वाचन
गरिएको थियो ।

कार्यक्रममा वाचन
गरिएका रचनाहरुमध्ये उत्कृष्ट रचनाको रूपमा कवि ढालबहादुर के.सी.द्वारा वाचन
गरिएको देशदर्द शीर्षकको कवितालाई पुरस्कृत गरिएको थियो ।
 

प्रकाशित मिति २०८२ जेठ ३२ गते शनिवार ०४:४६