कुमुदिनी होम्समा अन्तर्राष्ट्रिय चित्रकला प्रदशर्नी

कुमुदिनी होम्समा अन्तर्राष्ट्रिय चित्रकला प्रदशर्नी

Education News

@edunewsnp

२०८२ असार ११ गते बुधबार ०४:५९

पोखरा, ११ असार । पोखरा–४ गैह्रापाटनमा रहेको कुमुदिनी होम्समा नेपाल बंगलादेश अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी बुधबारदेखि शुरु भएको छ । दुईदिन सम्म चल्ने प्रदर्शनीमा २ सय भन्दा बढी चित्र प्रदर्शनीमा राखिएको छ । १४ वटा चित्र...


पोखरा, ११ असार । पोखरा–४ गैह्रापाटनमा
रहेको कुमुदिनी होम्समा नेपाल बंगलादेश अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी
बुधबारदेखि शुरु भएको छ । दुईदिन सम्म चल्ने प्रदर्शनीमा २ सय भन्दा बढी चित्र
प्रदर्शनीमा राखिएको छ । १४ वटा चित्र कुमुदिनी होम्सका विद्यार्थीहरुले बनाएका
छन्।

प्रदर्शनीको उद्घाटन
गर्दै विद्यालयका अध्यक्ष अशोक पालिखेले नेपाल र बंगलादेशबिच लामो समयदेखि
सांस्कृतिक मात्र नभई हरेक क्षेत्रमा राम्रो सम्बन्ध रहँदै आएको बताए । चित्रकला
प्रदर्शनीकालागि विद्यालयलाई छनौट गरेको भन्दै आयोजक नर्थ क्यानभास इन्टरनेशनललाई
उनले धन्यवाद दिए । देशका विभिन्न क्षेत्रबाट विद्यार्थीहरु कुमुदिनमा रहेको कला
संग्रहालय अवलोकन गर्न आउने गरेको र उनीहरुलाई निशुल्करुपमा अवलोकन गराइने पनि
अध्यक्ष पालिखेले सुनाए । कलामा समर्पित हुन विद्यार्थीहरुलाई उनले आग्रह गरे ।

प्रतियोगिताका संयोजक
एवं नर्थ क्यानभास इन्टरनेशनलका निर्देशक असन अहमदले प्रतिभावान कलाकारलाई अवसर
प्रदान गर्नु संस्थाको उद्देश्य रहेको भन्दै कुमुदिनीमा कला प्रदर्शनी आयोजना गर्न
पाउनु गर्वको विषयमा भएको उल्लेख गरे । कला
, संस्कृतिले एक
आपसमा जोड्न सघाउ पुर्‍याउने निर्देशक अहमले सुनाए ।

प्राज्ञ विम्वकवि रमेश
श्रेष्ठले कलाको माध्यमबाट सन्देश फैलाउन कुमुदिनीले उल्लेखनीय भूमिका खेलेको बताए
। पढाई संगसंगै चित्रकलामा लाग्न पनि उनले विद्यार्थीहरुलाई आग्रह गरे । नर्थ
क्यानभासको टिम अर्को बर्षपनि आउने र प्रदशनीलाई अझ बृहत बनाउने उनले योजना सुनाए
। टोलीमा बंगलादेशका १६ जना कलाकार छन् ।

कार्यक्रममा चित्रकलामा
उत्कृष्ट कुमुदिनी होम्स तथा बंगलादेशका कलाकारहरुलाई विद्यालयका अध्यक्ष पालिखे
, नर्थ क्यानभासका निर्देशक अहमद, प्राज्ञ रमेश
श्रेष्ठ
, विद्यालय सञ्चालक समिति अध्यक्ष रश्मि पालिखे
लगायतले प्रमाणपत्र प्रदान गरे । सो अवसरमा विद्यालयका विद्यार्थीहरुले नृत्य
प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक सुरेन्द्रराज अधिकारीले गरेका
थिए ।
 

प्रकाशित मिति २०८२ असार ११ गते बुधबार ०४:५९