स्याङ्जामा निर्बन्ध-काव्य सिर्जनामाथि विमर्श सम्पन्न (कवितासहित)

स्याङ्जामा निर्बन्ध-काव्य सिर्जनामाथि विमर्श सम्पन्न (कवितासहित)

Education News

@edunewsnp

२०८२ चैत १६ गते सोमबार ०१:४०

 वालिङ, स्याङ्जा, १६ चैत । युवाकवि मिलन समीरको नवीनतम निर्बन्ध-काव्य सिर्जना ‘म अर्थात् आँधीखोला उकालोमै बगिरहेको छु’ माथि केन्द्रित विमर्श कार्यक्रम सोमवार स्याङ्जाको वालिङमा सम्पन्न भएको छ । स्याङ्जामा साहित्यिक पुनर्जागरणको...

 

वालिङ, स्याङ्जा, १६ चैत । युवाकवि
मिलन समीरको नवीनतम निर्बन्ध-काव्य सिर्जना ‘म अर्थात् आँधीखोला उकालोमै बगिरहेको
छु’ माथि केन्द्रित विमर्श कार्यक्रम सोमवार स्याङ्जाको वालिङमा सम्पन्न भएको छ ।

स्याङ्जामा
साहित्यिक पुनर्जागरणको सातौँ वर्षोत्सवको अवसरमा कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमको आयोजना वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६
, स्याङ्जाले गरेको थियो । उक्त कार्यक्रम अभियानको ४० औँ पाइला अर्थात्
शृङ्खलाका रूपमा रहेको थियो ।

स्याङ्जाली
साहित्यको इतिहासमै यसरी फुटकर रचनामाथि केन्द्रित रहेर गरिएको विमर्श कार्यक्रम
यो नै पहिलो हो । विमर्श कार्यक्रम अनौपचारिक रूपमा आयोजना गरिएको थियो ।
कार्यक्रमलाई वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६
, स्याङ्जाका संस्थापक संयोजक युवा कवि तथा साहित्यिक अभियन्ता मिलन समीरले
सहजीकरण गरेका थिए ।

कार्यक्रममा
प्रस्तुत निर्बन्ध- काव्य सिर्जनाका स्रष्टा युवाकवि मिलन समीर
, वक्ताहरु अभियानका संस्थापक अभियन्ता शम्भु अर्याल, युवराज
सुवेदी र वसन्त खनाल तथा अभियन्ता पारिश्वर न्यौपानेले प्रस्तुत निर्बन्ध- काव्य
सिर्जनामाथि केन्द्रित रहेर गहन पाठकीय समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए ।

कार्यक्रममा
सहभागी साहित्यप्रेमी व्यक्तित्वहरुले नवीनतम निर्बन्ध-काव्य सिर्जनारम्भ भएकोमा
खुसी प्रकट गर्दै शुभकामना व्यक्त गरेका थिए । करादीखोला
, स्याङ्जामा जन्मिएका मिलन समीर हाल वालिङमा रहेर सिर्जनशील कर्ममा विशेष
सक्रिय छन् । साहित्यिक अभियन्ताको पहिचान बनाएका सशक्त युवा स्रष्टा मिलन समीरका
गाउँमा साइरन बजेपछि (कविता सङ्ग्रह-२०६९)
, प्रिय दुश्मन
(शृङ्खला कविता- २०७९)
, मिलन समीर र मिलन समीरहरु (शृङ्खला
कविताहरु- २०८०) र मिलनमन्त्र (मायालु मुक्तकहरु- २०८०) लगायतका एकल र
संयुक्तरूपमा थुप्रै कृतिहरु प्रकाशित छन् ।

थुप्रै
साहित्यिक कृतिको सम्पादन गरिसकेका मिलन समीर स्थानीयदेखि राष्ट्रियस्तरका
महत्त्वपूर्ण पुरस्कार तथा सम्मानबाट सम्मानित भइसकेका छन् ।


कवि मिलन समीरको कृतिभित्रबाट शीर्षकविता :

 

म अर्थात् आँधीखोला उकालोमै बगिरहेको छु !

           
मिलन समीर


अर्थात्

एउटा
अर्को उत्तरआधुनिक

अभागी
युवा श्रवणकुमारको

असामयिक
अप्रत्याशित मृत्युको

अकल्पनीय
शोकको घडीमा

अन्धाअन्धी
वृद्ध बाबुआमाको

अभागी
अदृश्य आँखाहरुको

नाकेडाँडाको
भिरालो बाटोहुँदै

अविरल
सम्झनाको पिँधमा

एकोहोरो
टोलाउँदै बसिरहेको

बाल्यकालीन
स्मृतिलाई चिहाउँदै

साउने
झरी बनेर झरेसँगै

भुमाफिया
र दलालहरुको

गिद्दे
नजर मैमाथि परेसँगै

हेलिएर
नैतिकताको आचरणले

सधैँका
लागि जीवनसागर तरेसँगै

बाँकी
रहेको मानवीय ईमानले नै

मसँग
पटकपटक बेइमानी गरेसँगै

सोच्दै
नसोचिएका मान्छेहरु समेत

दुनियाँको
नजरबाट कसिङ्गर भै झरेसँगै

दायाँबायाँ-
तलमाथि जरैदेखि खनिखोस्री

मलाई
पुरै रित्त्याएर आफ्नै भुँडी भरेसँगै

अमानवीय
ध्याउन्नमा मानवता मरेसँगै

विवेकशील
स्वभावले आफ्नो बसाइँ सरेसँगै

नयाँ
सिसिफसको पुरानै नियति बेहोर्दै

अहिलेसम्म
पनि उसैगरी जसोतसो

आँधीखोला
उकालोमै बगिरहेको छु !

 

उहिल्यैदेखि

अविरल
बग्ने क्रममा

सधैँ
सधैँका लागि

छेकिएपछि
सिमा ओरालोको

केही
अपवादबाहेक

देखिएपछि
प्रायः मान्छेहरुको

सुन्दर
अनुहारभित्र लुकेर बसिरहेको

घिनलाग्दो
कुरुप चरित्र

भावीद्वारा
मेरै फराकिलो निधारमा

लेखिएपछि
दुर्भाग्यको महाभारत

आफू
बग्ने धर्मको मूल मर्मलाई

मर्न
नदिएर अहिलेसम्म अकालमै

असङ्ख्य
अभागी आँखाको आँसु

अर्थात्
म आँधीखोला उकालोमै बगिरहेको छु !

 

समाहित
भएर मभित्रै

सधैँ
सँगै बग्ने बहानामा

चुपचाप
आएर मिसिएका छन्

असङ्ख्य
खहरेका भेलबाढी

सधैँका
लागि छोडेर गएका छन्

मेरा
पृथक पाइलैपिच्छे भीषण पहिरोसँगै

छिचोलेर
कहिल्यै नसकिने गेग्र्यानको थुप्रो !

 

आँधीखोले
ओरालोको

साँच्चिकै
सजिलो मूलबाटो छेकेर

तार्सेभिरको
टोपी खस्ने उकालोमा

आफू
हिँड्ने वैकल्पिक बाटो बनाउँदै

चालेर
आजीवन पृथक पाइला

मलाई
एक्लो बृहस्पतिको रूपमा

सधैँका
लागि सबैको अगाडि

ध्रुवसत्य
झुटो प्रमाणित गराउँदै

आजीवन
एक्लै हिँड्न बाध्य बनाउने

सदैव
स्पष्ट देखिने गहुँगोरो अनुहारका

अदृश्य
“उ” कालो

अर्थात्
मन कालो भएका

कपटीहरुको
व्यवहारकै कारण


अर्थात् आँधीखोला

उकालोमै
बगिरहेको छु !

 

ओरालोलाई
चटक्कै बिर्सिएर

त्यसपछि
फेरि सधैँका लागि

उकालोको
अफ्ठ्यारो बाटोहुँदै

अविरल
एक्लै बहनुपर्दाको

अकल्पनीय
अप्रत्याशित पीडा

सहनै
नसकिने परिस्थितिमा पनि

अझै
सहनुको असह्य पीडा

अहिलेसम्म
मलाई जत्तिकै

अरु
कुन खोलालाई परेको छ होला र
?

अविरल
दुई आँखाको बाटोहुँदै

अरु
कुन खोला झरेको छ होला र
?

मसँगै
बगिरहेको अविरल आँसुको अर्थ

अरु
कुन खोलाले पो बुझेको छ होला र
?

अहिलेसम्म
आफू एक्लै बसेर एकान्तमा

हरेक
पल कुन खोला रुझेको छ होला र
?

 

चालेर
पृथक पाइला

आफू
हिँड्ने वैकल्पिक बाटो

बनाउने
अलिकति पनि ठाउँ

बाँकी
नरहेको यस्तो अवस्थामा

आइपुगिसकेपछि
बाध्यतामै सही

असङ्ख्य
सूर्यको असीमित अँध्यारोमा

स्वयं
आफूभित्रको सीमित उज्यालो बालेर

आँधीमुहानदेखि
डहरैडहरको छेउहुँदै

देउरालीको
साँघुरो बाटोमा एक्लै हिँडेर

एउटा
अर्को अन्त्यहीन आँसुको शृङ्खला

अर्थात्
म आँधीखोला उकालोमै बगिरहेको छु !

§     

प्रकाशित मिति २०८२ चैत १६ गते सोमबार ०१:४०