शान्ति माविको लोकगीतमा जनमन्दिरका भक्तमान प्रथम

शान्ति माविको लोकगीतमा जनमन्दिरका भक्तमान प्रथम

Education News

@edunewsnp

२०८० माघ २९ गते सोमबार ०५:०३

पोखरा । लमजुङको सुन्दरबजार नगरपालिका, कुन्छास्थित शान्ति माविले आयोजना गरेको एकल लोकगीत प्रतियोगितामा जनमन्दिर मावि, मध्यनेपालका भक्तमान विक प्रथम भएका छन् । विद्यालय ७१ औँ वार्षिकोत्सव तथा ४७ औँ अभिभावक दिवसका सन्दर्भमा भर्चुअल...

पोखरा
लमजुङको सुन्दरबजार नगरपालिका, कुन्छास्थित शान्ति माविले आयोजना गरेको एकल
लोकगीत प्रतियोगितामा जनमन्दिर मावि, मध्यनेपालका भक्तमान विक प्रथम भएका छन् ।

विद्यालय
७१ औँ वार्षिकोत्सव तथा ४७ औँ अभिभावक दिवसका सन्दर्भमा भर्चुअल मोडमा आयोजना गरेको
प्रतियोगितामा सौभाग्यसदन माविकी सलिना गोतामे, संस्कृतिसदन माविकी सुजिना भुजेल र
कुसुमाकर माविका गणेश परियार क्रमशः द्वितीय, तृतीय र सान्त्वना भए । प्रतियोगितामा
२० जनाले भाग लिएका थिए । विजेताले क्रमशः ५, ३ र २ हजार रुपियाँ नगद तथा
प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छन् ।

विद्यालय
व्यवस्थापन समितिका अध्यक्ष भरतराज गौलीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख
अतिथि सुन्दरबजार नगरपालिका शिक्षा शाखा प्रमुख ठाकुरजी तिवारी रहेका थिए ।
कार्यक्रममा साहित्यकार रुपिन्द्र प्रभावी र शिक्षक पशुपति न्यौपाने निर्णायक
रहेका थिए । प्रधानाध्यापक उत्तम बसेलले स्वागत गरेका कार्यक्रमको संयोजन सहायक
प्रधानाध्यापक भरत बसेलले गरेका थिए ।

प्रकाशित मिति २०८० माघ २९ गते सोमबार ०५:०३