शिक्षक महासङ्घ, कास्कीको जिल्ला परिषद्को तयारी तीव्र

शिक्षक महासङ्घ, कास्कीको जिल्ला परिषद्को तयारी तीव्र

Education News

@edunewsnp

२०८२ पुस २३ गते बुधबार ०२:४६

 पोखरा, पुस २३ गते । नेपाल शिक्षक महासङ्घ, कास्कीले प्रथम जिल्ला परिषद्को तयारी तीव्र बनाएको छ । पुस २७ गते गोल्डेन हाउस पार्टी प्यालेस, जिरो किमि, पोखरामा हुने परिषद्‌मा शिक्षक सम्मान र अन्तर्क्रियासँगै शिक्षकका हकहितका विषयमा...

 

पोखरा, पुस २३ गते । नेपाल शिक्षक महासङ्घ, कास्कीले प्रथम जिल्ला परिषद्को
तयारी तीव्र बनाएको छ । पुस २७ गते गोल्डेन हाउस पार्टी प्यालेस, जिरो किमि, पोखरामा
हुने परिषद्‌मा शिक्षक सम्मान र अन्तर्क्रियासँगै शिक्षकका हकहितका विषयमा व्यापक
छलफल हुने महासङ्घका सहअध्यक्ष तथा परिषद् व्यवस्थापन समितिका संयोजक डिल्लीराम
बरालले जानकारी दिए ।

सोही अवसरमा ‘सङ्घीय शासन प्रणालीमा विद्यालय शिक्षा र
स्थानीय तहको भूमिका’ विषयक अन्तर्क्रियासमेत हुने छ । महासङ्घले शिक्षक तथा
कर्मचारीलाई स्थानीय भत्ता दिने निर्णय कार्यान्वयनका लागि कास्कीका पाँचओटै
स्थानीय तहलाई दबाब दिने निर्णय यसअगि नै गरेको थियो । परिषद्‌का अवसरमा स्थानीय
भत्ता दिलाउन थप पहल गर्नका लागि छलफल हुने सहअध्यक्ष बरालले बताए ।

जिल्ला समिति कास्कीका अध्यक्ष भोलानाथ पौडेलले शिक्षक
आन्दोलनका सन्दर्भमा महत्त्वपूर्ण योगदान पुर्‍याएका शिक्षकहरूलाई विशेष सम्मान
गरिने जानकारी दिए । कास्की जिल्लाभरका शिक्षकहरूलाई कार्यक्रममा सक्रियतापूर्वक
सहभागी हुन शिक्षक महासङ्घ
कास्कीका सचिव
हर्कबहादुर लामिछानेले आग्रह गरेका छन् ।

प्रकाशित मिति २०८२ पुस २३ गते बुधबार ०२:४६