चैत सातदेखि एसइई (समयतालिकासहित)

चैत सातदेखि एसइई (समयतालिकासहित)

Education News

@edunewsnp

२०८१ माघ १ गते मङ्गलबार ०८:०१

 काठमाडौँ, माघ १ गते । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत ७ गतेदेखि सुरु हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले मङ्गलवार सार्वजनिक गरेको समयतालिकाअनुसार २०८१ को एसइई परीक्षा चैत ७ गतेदेखि...

 

काठमाडौँ, माघ १ गते । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी
चैत ७ गतेदेखि सुरु हुने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले
मङ्गलवार सार्वजनिक गरेको समयतालिकाअनुसार २०८१ को एसइई परीक्षा चैत ७ गतेदेखि चैत
१९ गतेसम्म सञ्चालन हुने भएको हो । पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा
हुने छ । यस दिन संस्कृत वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ
अनिवार्य अरेविक भाषाको परीक्षा हुने छ ।

दोस्रो दिन चैत ८ गते अनिवार्य नेपाली विषयको परीक्षा
हुने छ । चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान विषयको परीक्षा
हुने परीक्षा नियन्त्रण कार्यालयको तालिकामा उल्लेख छ ।

हेर्नुहोस् समयतालिकाः




 

प्रकाशित मिति २०८१ माघ १ गते मङ्गलबार ०८:०१