कुमुदिनीका शिक्षकलाई सामाजिक संवेगात्मक सिकाइ तालिम

कुमुदिनीका शिक्षकलाई सामाजिक संवेगात्मक सिकाइ तालिम

Education News

@edunewsnp

२०८२ बैशाख १० गते बुधबार ०२:५६

 पोखरा, वैशाख १० गते । पोखराको गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्स मा‍.वि.ले नयाँ शैक्षिक सत्रको सुरुवातसँगै विद्यालयका शिक्षकहरुका लागि शैक्षणिक तालिम दिन थालेको छ । यस वर्षको दोस्रो तालिम बुधवार सामाजिक संवेगात्मक सिकाइका...

 

पोखरा, वैशाख १० गते । पोखराको गैह्रापाटनमा अवस्थित
कुमुदिनी होम्स मा‍.वि.ले नयाँ शैक्षिक सत्रको सुरुवातसँगै विद्यालयका शिक्षकहरुका
लागि शैक्षणिक तालिम दिन थालेको छ । यस वर्षको दोस्रो तालिम बुधवार सामाजिक
संवेगात्मक सिकाइका बारेमा तालिम दिइएको छ ।

भाव का फाउण्डरद्वय
मनोवैज्ञानिकहरू चाँदनी श्रेष्ठ घिमिरे र प्रशान्त श्रेष्ठले मन्टेश्वरीदेखि दश
कक्षासम्म अध्यापनरत शिक्षक शिक्षिकाहरूलाई बालबालिकाहरूमा आउने विभिन्न
संवेगात्मक अवस्थाहरूमा कसरी सहज रुपमा शिक्षण गर्न सकिन्छ भन्ने सन्दर्भमा
सहजीकरण गरेका थिए ।

विद्यार्थीहरूको
भावनालाई शिक्षकहरूले बुझ्दै युवा अवस्थामा आइपुगेका विद्यार्थीको सोचलाई शिक्षकले
कसरी हेर्ने भन्ने सन्दर्भमा जानकारी दिन तालिम आयोजना गरिएको हो ।

काठमाडौँबाट यस
सम्बन्धी विज्ञ प्रशान्त श्रेष्ठ र चाँदनी श्रेष्ठलाई बोलाएर तालिम आयोजना गरिएको
कुरा संस्थापक अशोक पालिखेले बताए।

तालिम पश्चात शिक्षक
शिक्षिकालाई बच्चाहरूको समस्या र भावना बुझ्न ठुलो सघाउ पुग्ने विश्वास उनले गरे ।
विद्यालय विद्यार्थीको भविष्य राम्रो बनाउन हरबखत दत्तचित्त भएर लागिरहेको उनले
खुलाए ।

कुमुदिनी होम्सले
विद्यार्थी तथा शिक्षकलाई लक्षित गरेर विभिन्न खालका तालिम लगायतका अभिभुखिकरण
कार्यक्रम निरन्तर आयोजना गर्ने गरेको छ । यस्ता कार्यक्रमका माध्यमबाट विद्यार्थी
तथा शिक्षकको क्षमता विकासमा सघाउ पुग्ने विश्वास गरिएको छ ।

माध्यमिक तह गणित विषय
शिक्षक मन बहादुर भुजेलले तालिममा सिकेका हरेक कुरालाई आफ्नो अध्यापन कार्यमा
प्रयोग गर्न शिक्षकहरूलाई आग्रह गरे।

यसपालि पनि काठमाडौंबाट
प्रशान्त तथा चाँदनीलाई बोलाएका हौं । उहाँहरु फेरि एआईका जानकारहरु पनि हुनुहुन्छ
। अध्यक्ष पालिखेले भने
, शिक्षकहरुले विद्यार्थीहरुको
मनोविज्ञान बुझेर अझै निखारता ल्याउन तालिम गरिएको हो । उनीहरुमा उत्सुकता हुन्छ ।
सानै उमेरदेखि नै उमेर अनुसारको उत्सुकता
, तनाव व्यवस्थापनमा
सघाउन अनि शिक्षण सिकाइका लागि कन्सन्ट्रेसन गराउन मद्धत पुग्ने भएकाेले तालिम
गरिएको हो ।

हामीले हरेक महिनाका
चार शुक्रबार विद्यार्थीहरुको लागि योगा सञ्चालन गरिरहेको र यसको प्रभाव राम्रो
देखिएकोले तालिम र परामर्शका कार्यक्रमहरू गरिरहेकाे पालिखेकाे भनाइ थियाे ।

यसपालि पनि हामीलाई
विद्यार्थी भर्नाले निकै हौसला दिएको छ । हामीले बारम्बार भनिरहेका छौं । बच्चाको
सर्वाङ्गीण विकासका लागि शिक्षा
, वातावरण, पूर्वाधार, समयअनुसारको शिक्षण सिपहरू आवश्यक कुरा
हुन् । विद्यार्थीले ४ जिपिए नै ल्याउनु पर्छ भन्ने अभिभावकलाई लाग्ला तर हामीले
विद्यार्थीलाई र विद्यालयलाई गर्व लाग्ने बनाउने लक्ष्य लिएर अगाडि बढिरहेका छौं र
सफलता पाइरहेका छौं।

यहाँ भिडकाे कुरा भन्दा
विद्यालयकाे अवलाेकन
, गुणस्तर, प्रत्यक्ष
अनुभव गरेर निर्णय लिन अभिभावकलाई भनिरहेका छाैं उनले भने। हाम्रा विद्यार्थी
अहिले युरोप
, अमेरिका, जापान, नेपालका टप क्याम्पस, युनिभर्सिटिमा स्करसिपमा
पढिरहेका छन् । यसमा हाम्राे पनि खुसी जाेडिएकाे छ ।

हामीकहाँ पढ्ने
विद्यार्थीहरुको लागि हामीसंगै नेपालमै पहिलो पटक खुलेको होटल म्यानेजमेन्ट कलेज
(एनटिएचएमसि) रहेकोले बीएचएम
, बीबीए, बीबीए फिनान्स तथा दुई वर्ष व्याचलर गरिसकेकाहरुको लागि साँझमा इएमबीएकाे
कक्षा सञ्चालन भईरहेको जानकारी दिए । उनले भने
, यी विषयहरु
सुलभ रुपमा यही‌ पढ्न पाइने भएपछि बाहिर जान नपर्ने र खर्च पनि जाेगिन्छ ।

प्रकाशित मिति २०८२ बैशाख १० गते बुधबार ०२:५६