ममिलाको लाखौँ चोट सार्वजनिक (भिडियोसहित)

ममिलाको लाखौँ चोट सार्वजनिक (भिडियोसहित)

Education News

@edunewsnp

२०८२ असार ११ गते बुधबार ०२:४४

 काठमाडौँ । गीतकार ममिला पौडेल 'आस्था' को 'लाखौँ चोट.....' बोलको गीतको म्युजिक भिडियो असार ९ गते स्वयम् गीतकार 'आस्था'को जन्मदिनको अवसर पारेर काठमाडौँमा लोकार्पण गरियो । लमजुङको मध्यनेपालकी गीतकार आस्था करिब ३ दशकदेखि साहित्य साधनामा...

 

काठमाडौँ
गीतकार ममिला पौडेल आस्था को लाखौँ चोट…..बोलको
गीतको म्युजिक भिडियो असार ९ गते स्वयम् गीतकार
आस्थाको जन्मदिनको अवसर पारेर काठमाडौँमा लोकार्पण गरियो ।

लमजुङको मध्यनेपालकी
गीतकार आस्था करिब ३ दशकदेखि साहित्य साधनामा क्रियाशील छिन् । उनी गजल, मुक्तक,
कवितालगायतका विधामा कलम चलाउँछिन् । ‘लाखौँ चोट’ उनको पहिलो रेकर्डेड गीत हो ।

कार्यक्रमको प्रमुख
अतिथि गीतकार तथा चर्चित मुक्तककार रमेश पौडेल थिए । त्यसरी नै कवि तथा गीतकार
बमबहादुर थापा
जितालीविशिष्ट अतिथि
थिए भने अन्य आगन्तुक पाहुनाहरू थिए- सङ्गीतकार तथा गायक शिवराज गौतम तथा नारायण
लामा ।

कार्यक्रमलाई सम्बोधन
गर्दै प्रमुख अतिथि पौडेलले ममिलाका शब्द
, यसले
अभिव्यक्त गर्ने भाव र भिडियोबिच सुरम्य तालमेल मिलेको बताउँदै शिवराज गौतमले यो
म्युजिक भिडियोमा निकै न्याय गरेको भनी हौस्याए । आफूले अनेकन् गीत लेखेको खुलासा
गर्दै तीमध्ये निकै कमले मात्र स्रोता र दर्शकको मन छुने दाबी गरे । ममिलाको बाटो
अत्यन्त कठिन तर उज्ज्वल रहेको पनि पौडेलको स्पष्टोक्ति थियो । त्यसरी नै विशिष्ट
अतिथि जितालीले लमजुङको माटो कृषिका निम्ति मात्र नभई साहित्य र गीत
, सङ्गीतका निम्ति पनि अत्यन्त ऊर्वर रहेको जिकिर गरे ।

उनले ममिलालाई थप मेहनत
गर्न पनि अभिप्रेरित गरे । भिडियो निर्देशक शिवराज गौतमले भावुक हुँदै यो म्युजिक
भिडियो तयार गर्दाका अनुभूति साझा गरे । उनले यो गीत कालजयी बन्ने विश्वास पनि
व्यक्त गरे । कार्यक्रममा बागमती टिभीका प्रमुख मनोज न्यौपाने
, मुक्तकालयकी अध्यक्ष नीलञ्जला भारद्वाज, हातेमालो
साहित्य सङ्गमका अध्यक्ष सुनिल अधिकारी
, लोमश वाङ्मय
प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे
अटल‘, उपन्यासकार अञ्जना पौडेल लगायतले ममिलाको जन्मदिनको उपलक्ष्यमा विशेष
शुभकामना दिँदै उनको उत्तरोत्तर प्रगति
, समृद्धि तथा लेखन
क्षेत्रमा पूर्ण सफलताको कामना गरे ।

गजलकार विपिन मर्मले
सहजीकरण गरेको सो कार्यक्रममा उपस्थित तमाम आगन्तुकहरूलाई माइन्ड प्लसका प्रमुख
नवीन पल्लवले स्वागत गरेका थिए । सारिका घिमिरे र शिवराज गौतमको स्वर रहेको उक्त
गीतमा मोडलिङ रोजन सुन्दास
, सुरज सुर्खेतीलगायतले गरेका छन्
। शिवराज गौतमले म्युजिक भिडियोको निर्देशन गरेका छन् भने कथा तयार पारेका छन् ।


प्रकाशित मिति २०८२ असार ११ गते बुधबार ०२:४४