सिर्जनशीलमा दम्पतीका दुई कृतिमाथि परिचर्चा

सिर्जनशीलमा दम्पतीका दुई कृतिमाथि परिचर्चा

Education News

@edunewsnp

२०८२ फाल्गुण १९ गते मङ्गलबार ०५:१०

 पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान, पोखराले दम्पतीका दुई कृतिमाथि परिचर्चा गरेको छ । वरिष्ठ साहित्यकार सरुभक्तको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाका आजीवन सदस्यद्वय शान्ति कँडेल न्यौपाने र डा. नवराज न्यौपानेका...

 

पोखरा
सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान, पोखराले दम्पतीका दुई कृतिमाथि परिचर्चा गरेको छ ।

वरिष्ठ साहित्यकार
सरुभक्तको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाका आजीवन सदस्यद्वय शान्ति
कँडेल न्यौपाने र डा. नवराज न्यौपानेका क्रमश: मौन घुम्तीहरू (कविता सङ्ग्रह) र
अक्षराञ्जलि (गजलकाव्य) माथि परिचर्चा गरिएको हो ।

कार्यक्रममा प्रमुख
अतिथि सरुभक्तले
मौन घुम्तीहरूको लोकार्पण गर्दै एउटै समय र कार्यक्रममा दम्पतीका दुई कृतिमाथि परिचर्चा
हुनु नेपाली साहित्यको सुखद् पक्ष रहेको बताउनुभयो । स्रष्टा दम्पतीलाई बधाई तथा
शुभकामना व्यक्त गर्दै सरुभक्तले कुनै पनि साहित्यिक विधालाई परिभाषाको साँघुरो
घेराभित्र राख्न नहुने तर्क गरे । नेपाली साहित्यमा सबैले आआफ्नै डम्फु बजाउँदै
तँ ठुलो कि म ठुलोभनिरहेका छन् । यस्तो प्रवृत्ति
नेपाली साहित्यका लागि घातक भएको उहाँको टिप्पणी थियो ।

डा. श्रीधर न्यौपानेले मौन घुम्तीहरू को परिचर्चा गर्दै निबन्धमा
निबन्धकारले आफ्नो लेखकीय आग्रहलाई लाद्न खोज्छ तर कवितामा कवि त्यस आग्रहबाट
मुक्त हुने बताए । उनले शीर्षक
, संरचना, दर्शन, भाव, शिल्प, प्राप्ति, सीमाजस्ता आधार बनाएर कवितासङ्ग्रहको
परिचर्चा गरेका थिए ।
सवाईजस्तो
अत्यन्त सरल नेपाली लोक लयमा संरचित सङ्ग्रहका कविताहरूले नेपाली जनजीवनलाई
मार्मिक रूपमा प्रस्तुत गरेको उनको टिप्पणी थियो । स्रष्टामा सिर्जनाप्रतिको
हुटहुटी हुनु र निरन्तर सिर्जनामा लाग्नु प्रेरणादायी भएको उनले उल्लेख गरे ।

अर्का समीक्षक प्रा.डा.
शालिग्राम सुवेदीले
अक्षराञ्जलिगजलकाव्यको परिचर्चा गर्दै काव्यिक आनन्दको स्रोत शब्दलाई मान्दै संसारलाई
मायाको खेल र साहित्यलाई शब्दको खेलका रूपमा अर्थ्याए । उनले आकाशको विराटताभित्र
माखादेखि ठुलाठुला पन्छीहरू उडेको सन्दर्भलाई कोट्याउँदै स्रष्टा न्यौपाने
अक्षराञ्जलिका माध्यमबाट नेपाली साहित्य आकाशमा
उडान भर्न सफल भएको टिप्पणी गरे । गजलकाव्यको आवरण पृष्ठलाई अर्थ्याउँदै सुवेदीले
स्रष्टाले आफ्नै माताको महाप्रस्थानको स्मृतिमा अञ्जुलीभरि अक्षररूपी जल लिएर
श्रद्धाञ्जलि अर्पण गरेको उनको भनाइ थियो । शब्दमा खेल्नु आफैँमा कठिन कार्य भएर
पनि स्रष्टा यस कार्यमा सफल भएको उनको दाबी थियो ।

स्रष्टाद्वयले लेखकीय
मन्तव्य राख्दै सहयोगी सबैप्रति हार्दिक आभार र धन्यवाद प्रकट गरेका थिए भने
कार्यक्रममा शिव त्रिपाठी र पद्मराज ढकालले
मौन घुम्तीहरू बाट एक/एकओटा कविता वाचन गरेका थिए । त्यस्तै आवाज शर्मा र टङ्कराज
बरालले
अक्षराञ्जलिबाट एक/एकओटा गजल वाचन
गरेका थिए । आवाज शर्माले गजलवाचनसँगै गजलको सैद्धान्तिक पक्षमाथि थप प्रकाश
पार्दै प्रशस्ति काव्य (कसिदा) बाट विकसित हुँदै प्रेम काव्यका रूपमा गजल स्थापित
भएको उहाँको तर्क थियो । गजल लेखिने विधाभन्दा बढी भन्ने भनिने विधा भएकाले कथ्य
भाषासँग यसको निकटता रहन्छ । तसर्थ गजलको विश्लेषण गर्दा कथ्य भाषालाई आधार बनाएर
गर्नुपर्ने उनको जिकिर थियो ।

संस्थाका अध्यक्ष सुरज
पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाकी सहसचिव गायत्री पराजुलीले
स्वागत गरेकी थिइन् भने सचिव डा. पिताम्बर पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रकाशित मिति २०८२ फाल्गुण १९ गते मङ्गलबार ०५:१०