हाम्रो बारेमा

[addthis tool="addthis_inline_share_toolbox_db95"]
no-image

Education News

@edunewsnp

२०८३ साउन ८ गते शुक्रबार ०२:५०

educationnewsnepal.com पोखराबाट सञ्चालित शैक्षिक समाचार तथा सामग्रीकेन्द्रित डिजिटल प्लेटफर्म हो, जसले शिक्षा, शैक्षिक नीति, शिक्षक,...

educationnewsnepal.com पोखराबाट सञ्चालित शैक्षिक समाचार तथा सामग्रीकेन्द्रित
डिजिटल प्लेटफर्म हो
, जसले
शिक्षा
,
शैक्षिक नीति, शिक्षक, पाठ्यक्रम, प्रविधि तथा समसामयिक विषयमा सामग्री प्रकाशन गर्ने गर्दछ ।

एजुकेसन न्युज नेपाल शिक्षा क्षेत्रसँग सम्बन्धित समाचार, सूचना, विश्लेषण
तथा शैक्षिक सामग्री प्रकाशन गर्ने विश्वसनीय डिजिटल प्लेटफर्म हो । यो विद्यार्थी
, शिक्षक, अभिभावक, विद्यालय, शैक्षिक
संस्था तथा शिक्षा क्षेत्रमा रुचि राख्ने सम्पूर्ण पाठकलाई समयसापेक्ष
, तथ्यपरक र उपयोगी सामग्री उपलब्ध गराउने उद्देश्यका साथ
सञ्चालित शैक्षिक ब्लग हो ।

हाम्रो
प्राथमिकता शिक्षा क्षेत्रका ताजा समाचार
, सरकारी नीति तथा निर्णय, पाठ्यक्रम, परीक्षा, नतिजा, शिक्षकसम्बन्धी
सूचना
,
शैक्षिक तालिम, अनुसन्धान, प्रविधिमा
आधारित शिक्षण सिकाइ
, कृत्रिम
बुद्धिमत्ता (
AI) सम्बन्धी
सामग्री तथा शिक्षामा नवीन अभ्यासहरूलाई सरल र विश्वसनीय रूपमा प्रस्तुत गर्नु हो ।

हामी
समाचार प्रकाशनमा सत्यता
, निष्पक्षता, विश्वसनीयता र व्यावसायिक पत्रकारिताका मूल्य/मान्यतालाई
उच्च प्राथमिकता दिने गर्दछौँ । प्रत्येक सामग्रीलाई यथासम्भव आधिकारिक स्रोतबाट
पुष्टि गरी पाठकमाझ प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ ।

Education News
Nepal
केवल
समाचार पोर्टल मात्र नभई शिक्षक
, विद्यार्थी
र शैक्षिक समुदायका लागि ज्ञान
, सूचना
र नवप्रवर्तन आदानप्रदान गर्ने साझा मञ्च बन्ने लक्ष्यका साथ अगाडि बढिरहेको छ ।
डिजिटल युगअनुसार शिक्षामा प्रविधिको प्रभावकारी प्रयोगलाई प्रोत्साहन गर्दै
गुणस्तरीय शैक्षिक सामग्री उत्पादन र प्रसारणमा हामी निरन्तर प्रतिबद्ध छौँ ।

हाम्रा उद्देश्यहरू

  • शिक्षा
    क्षेत्रका विश्वसनीय र ताजा समाचार सम्प्रेषण गर्नु
  • विद्यार्थी,
    शिक्षक र अभिभावकलाई उपयोगी
    शैक्षिक सामग्री उपलब्ध गराउनु
  • शिक्षामा सूचना
    प्रविधि र कृत्रिम बुद्धिमत्ताको प्रयोगबारे ज्ञान तथा सिप प्रदान गर्नु
  • शैक्षिक नीति,
    अनुसन्धान र नवप्रवर्तनलाई
    प्रोत्साहन गर्नु
  • विभिन्न शैक्षिक
    संस्था, शैक्षिक गतिविधि तथा शैक्षिक नीति/नियम तथा सूचना सम्प्रेषण गर्नु

हाम्रो यस वेबसाइटमा तपाईंले मुख्य रूपमा
निम्न विषयवस्तुहरू प्राप्त गर्न सक्नुहुने छ:

  • शैक्षिक
    सामग्रीहरू:
    शिक्षक र विद्यार्थीहरूको सहजताका लागि पाठ्यक्रम,
    पाठ्यपुस्तक,
    शिक्षक निर्देशिका,
    विशिष्टीकरण तालिका,
    र स्वाध्ययन सामग्रीहरू
  • विविध समाचार
    तथा लेख:
    कला/साहित्य, खेलकुद, प्रविधि, आर्थिक, राजनीति, संस्कृति, स्वास्थ्य, मनोरञ्जन र पर्यटन जस्ता बहुआयामिक क्षेत्रका समाचार,
    लेख,
    र रचनाहरू
  • सूचना र
    नीति/नियम:
    शिक्षा क्षेत्रसँग सम्बन्धित नयाँ नीति/नियम,
    परीक्षाका समयतालिका,
    नतिजा
    र महत्त्वपूर्ण सूचनाहरू
  • डाउनलोड सुविधा:
    शिक्षक कार्यसम्पादन मूल्याङ्कन
    (कासमू) फाराम
    , शिक्षा नियमावली, निर्देशिका र अन्य आवश्यक डकुमेन्टहरूका पिडिएफ (PDF)
    तथा वर्ड (Word)
    फाइलहरू
  • यसका साथै
    वेबसाइटले समाचार तथा जानकारीहरूलाई थप प्रभावकारी बनाउन फोटो र भिडियो
    सामग्रीहरू पनि प्रस्तुत गर्दै आइरहेको छ ।
    एजुकेसन न्युज नेपालसम्पूर्ण शिक्षक, विद्यार्थी, र पाठकहरूलाई एउटै प्लेटफर्मबाट आवश्यक सूचना र
    शैक्षिक सामग्री उपलब्ध गराउन समर्पित छ ।
प्रकाशित मिति २०८३ साउन ८ गते शुक्रबार ०२:५०