प्रेलस स्याङ्जाद्वारा नेपाली प्रगतिशील साहित्य लेखनविषयक अन्तर्क्रिया

प्रेलस स्याङ्जाद्वारा नेपाली प्रगतिशील साहित्य लेखनविषयक अन्तर्क्रिया

Education News

@edunewsnp

२०८३ जेठ २ गते शनिवार ०३:२८

स्याङ्जा, जेठ २ गते । प्रगतिशील लेखक सङ्घ स्याङ्जाले नेपाली प्रगतिशील साहित्य लेखनविषयक अन्तर्क्रिया कार्यक्रम शनिवार वालिङमा सम्पन्न गरेको छ । प्रगतिशील लेखक सङ्घ स्याङ्जाका अध्यक्ष अनन्त अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा...



स्याङ्जा, जेठ २ गते । प्रगतिशील लेखक सङ्घ स्याङ्जाले नेपाली प्रगतिशील साहित्य
लेखनविषयक अन्तर्क्रिया कार्यक्रम शनिवार वालिङमा सम्पन्न गरेको छ ।

प्रगतिशील
लेखक सङ्घ स्याङ्जाका अध्यक्ष अनन्त अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्रलेस,
गण्डकी प्रदेशका अध्यक्ष प्रा.डा. यदुनन्दन उपाध्यायले ‘नेपाली प्रगतिशील साहित्य
लेखन’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका
उपाध्यायले नेपाली साहित्यमा प्रगतिशील लेखनको अवस्थाका बारेमा चर्चा गरेका थिए ।
सो कार्यपत्रमाथि प्रलेस, गण्डकीका पूर्वअध्यक्ष गण्डकीका यादवराज उपाध्यायले
टिप्पणी गरेका थिए । यसै गरी
, “स्याङ्जा जिल्लामा प्रगतिवादी साहित्यको उद्भव र
विकास” विषयमाथि विशिष्ट अतिथि एवं माक्र्सवादी चिन्तक वरिष्ठ साहित्यकार त्रिलोचन
ढकालले कार्यपत्र प्रस्तुत गरे । उक्त कार्यपत्रमाथि विशिष्ट अतिथि एवम् प्रलेस
गण्डकीका सचिवालय सदस्य बाबुराम सुवेदीले टिप्पणी गरेका थिए । प्रस्तुत
कार्यपत्रमाथि उठेका जिज्ञासा र प्रश्नमाथि कार्यपत्र प्रस्तुतकर्ताद्वयले थप
स्पष्ट पारेका थिए ।

कार्यक्रममा
पुष्पलाल अध्ययन प्रतिष्ठान स्याङ्जाका अध्यक्ष चक्रबहादुर पराजुली
, नेपाली लेखक सङ्घका
केन्द्रीय सचिव मिलन समीर र स्रष्टा ध्रुवप्रसाद शर्मा पगेनी
, जेष्ठ कम्युनिस्ट सदस्य
सूर्यप्रसाद खनाल र सूर्यबहादुर पौडेलले आफ्नो धारणा राखेका थिए ।

कार्यपत्रको
प्रस्तुतिसहित सिर्जना वाचनसमेत निर्दिष्ट गरिएको कार्यक्रममा स्रष्टाहरू लीलाम्बर
ढुङ्गाना
, सुलभ खनाल, दमकला बगाले, भविश्वर पङ्गेनी,
सनतकुमार गैह्रे, चण्डिकाप्रसाद भट्टराई, हिमालयजङ बानियाँ, श्रीराम ढकाल, वसन्त खनाल, कमल बगाले, ढालबहादुर केसी, द्रोणराज काफ्लेलगायतले
आफ्नो उत्कृष्ट सिर्जना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा
मातृका अर्याल
, मधुसूदन आचार्य, शोभाकान्त पौडेल,
यमकान्त खनाल, गोपाल जिटी, सरिता अर्याल, दीपक पोख्रेल, सन्तोष तिमिल्सिना, खुमकुमारी उपाध्याय, सुष्मा भण्डारी श्रेष्ठ, लालबहादुर थापालगायतको
उपस्थित रहेको थियो ।

प्रगतिशील
लेखक सङ्घ, स्याङ्जाका उपाध्यक्षसमेत रहेका युवा स्रष्टा शम्भु अर्यालको स्वागत
मन्तव्यसँगै सुरू भएको कार्यक्रमको सहजीकरण प्रलेस स्याङ्जाका सदस्य श्यामप्रसाद
ढुङ्गानाले गरेका थिए ।

प्रकाशित मिति २०८३ जेठ २ गते शनिवार ०३:२८