सम्बोधिकाको दोस्रो संस्करण आउँदै

सम्बोधिकाको दोस्रो संस्करण आउँदै

Education News

@edunewsnp

२०८० मङ्सिर १८ गते सोमबार ०३:३२

 पोखरा । साहित्यकार ईश्वरमणि अधिकारीको चौथो साहित्यिक कृति ‘सम्बोधिका’को दोस्रो संस्करण माया पब्लिकेसन, काठमाडौँबाट आउने भएको छ । सार्वजनिक भएको केही समयमै निकै चर्चा पाएको उनको मुक्तक सङ्ग्रह ‘सम्बोधिका’लाई पाठकले निकै रुचाएका...

 

पोखरा । साहित्यकार
ईश्वरमणि अधिकारीको चौथो साहित्यिक कृति ‘सम्बोधिका’को दोस्रो संस्करण माया
पब्लिकेसन, काठमाडौँबाट आउने भएको छ ।

सार्वजनिक
भएको केही समयमै निकै चर्चा पाएको उनको मुक्तक सङ्ग्रह ‘सम्बोधिका’लाई पाठकले निकै
रुचाएका थिए । यसअघि कविता र गजलका कृति सार्वजनिक गरिसकेका डा. अधिकारी साहित्यको
चोटिलो र प्रभावकारी विधा मानिने मुक्तकमा पनि उत्तिकै सशक्त छन् ।
विषयवस्तुको
विविधता
, भाव गाम्भीर्य, अनुभूतिको तीव्रता तथा काव्यिक सघनता उनका
मुक्तकका विशेषता हुन् ।
वर्तमान समयको बिम्बलाई टपक्क टिपेर काव्यिक तथा सौन्दर्य
चेतले भरिएका एक सय एघार मुक्तकहरूको सुन्दर सङ्ग्रहभित्र प्रेमिल मुक्तकका
अतिरिक्त दार्शनिक
, सामाजिक र राजनैतिक चेतले भरिएका मुक्तकहरू रहेका छन् ।
सम्बोधिकाको सार तत्त्व यथावत राखी केही प्राविधिक परिमार्जनसहित छिटै दोस्रो
संस्करण माया पब्लिकेशनबाट प्रकाशन गर्ने गरी तयारी अघि बढेको अधिकारीले जानकारी दिए
कृतिको पहिलो संस्करणको प्रकाशन भने पोखरेली युवा सांस्कृतिक
परिवारले गरेको थियो ।

ईश्वरमणि
अधिकारी
, नेपाली साहित्यमा स्थापित नाम हो । लमजुङको भारतेमा
जन्मिएका अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट गणितमा विद्यावारिधि गरेका छन् ।
पेसाले
गणितको अध्ययन-अनुसन्धान तथा प्राध्यापन कर्ममा क्रियाशील उनी नेपाली साहित्यमा
कविता
, गीत, गजल, मुक्तक, हाइकु, आख्यानका अतिरिक्त
समालोचनाका क्षेत्रमा पनि त्यत्तिकै क्रियाशील भेटिन्छन् ।
उनका रचनामा भावनाको
गम्भीरता
, हृदयको भाषा र समयको तस्बिर पाइन्छ । झिनो तथा सामान्य
लाग्ने विषयमा पनि मर्मस्पर्शी साहित्य रचना गर्नु उनको कलमको अर्को विशेषता हो ।

मुलुककै
अग्रणी संस्था पोखरेली युवा सांस्कृतिक परिवारको अध्यक्ष बनेर कुशल कार्यसम्पादन
गरिसकेका डा. अधिकारीका समयको तस्बिर (कविता सञ्चयन २०६१) तथा हृदयको आलाप (गजल सञ्चयन
२०६६) प्रकाशित भइसकेका छन् । ‘सगरमाथा आरोही अरविन’ उनको पहिलो प्रकाशित कृति हो
नेपाली लेखक सङ्घ, लघुकथा प्रतिष्ठान तथा अन्य थुप्रै वाङ्मयिक
संस्थाहरूमा आबद्ध डा अधिकारी एकताका विभिन्न एफ.एम. हरूमा साहित्यिक कार्यक्रम सञ्चालन
गरेर साहित्य अनुरागीका घर घरमा गुन्जिन्थे ।

समता
काव्य सम्मान
, शिवपुरी साहित्य सम्मान, गजल प्रतिभा सम्मान, पत्थर गजल प्रतिभा
सम्मान
, झलक-पुष्पा साहित्य सम्मान,
नेपाल विद्याभुषण (क) तथा
थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान तथा पुरस्कारद्वारा सम्मानित डा.
अधिकारीका गणितका केही पाठ्यपुस्तक तथा अनुसन्धान पत्रहरू पनि प्रकाशित छन् ।
साहित्यका
अन्य विधाका केही कृतिहरू प्रकाशनको तयारीमा रहेको उनको भनाइ छ ।

प्रकाशित मिति २०८० मङ्सिर १८ गते सोमबार ०३:३२