रूपाज्योतिको ४५ औँ वार्षिकोत्सव सम्पन्न, पूर्वप्रधानाध्यापक कडेलले गरे अक्षयकोष स्थापना

रूपाज्योतिको ४५ औँ वार्षिकोत्सव सम्पन्न, पूर्वप्रधानाध्यापक कडेलले गरे अक्षयकोष स्थापना

Education News

@edunewsnp

२०८२ पुस १२ गते शनिवार ०२:२२

 पोखरा, पुस १२ गते । कास्कीको रूपा गाउँपालिका-६, तालबेँसीस्थित रूपाज्योति माध्यमिक विद्यालयको ४५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस शनिवार सम्पन्न भएको छ । सो अवसरमा विद्यालयका पूर्वप्रधानाध्यापक मनिराम कडेलले ५० हजार १०५ रुपियाँको अक्षयकोष...

 


पोखरा, पुस १२ गते । कास्कीको रूपा गाउँपालिका-६, तालबेँसीस्थित रूपाज्योति
माध्यमिक विद्यालयको ४५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस शनिवार सम्पन्न भएको छ

सो
अवसरमा विद्यालयका पूर्वप्रधानाध्यापक मनिराम कडेलले ५० हजार १०५ रुपियाँको
अक्षयकोष स्थापना गरेका छन् । नेपाल शिक्षक महासङ्घ, कास्कीका निवर्तमान सचिव कडेल
हाल पोखरा-३०, शिशुवास्थित शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक हुन् । उनले रूपाज्योतिमा
२० वर्षभन्दा लामो समय अध्यापन गरेका थिए । कडेलले आफू कार्यरत रहँदा पनि
विद्यार्थीको हौसलाका लागि विभिन्न कार्य गरेको स्मरण गर्दै आफू कामका सिलसिलामा
सरुवा भए पनि रूपाज्योतिका विद्यार्थीको हौसलाका लागि अक्षयकोष स्थापना गरेको
धारणा राखे ।


विद्यालय
व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर भुजेलको अध्यक्षताम भएको कार्यक्रममा रूपा
गाउँपालिकाका
अध्यक्ष नवराज ओझाले रूपाकै शिक्षाज्योतिका रूपमा रूपाज्योतिले भूमिका खेलेको बताए
। गाउँपालिकाले विद्यालय र विद्यार्थीको हितका लागि अनेकौँ प्रयास गरेको उनको भनाइ
थियो ।

कार्यक्रममा
उत्कृष्ट शिक्षक र
विद्यार्थीलाई सम्मान
तथा पुरस्कार वितरण गरिएको
थियो । विद्यालयका प्रधानध्यापक पोष्टराज

सुवेदीले विद्यालयको वार्षिक
प्रतिवेदन प्रस्तुत गरेका थिए भने विद्यालयका शिक्षक
कृष्ण वाग्लेले स्वागत गरेका
थिए । उक्त कार्यक्रममा समाजसेवी पुष्पराज सुवेदी,
छिमेकी विद्यालय पृथ्वीरूपा
माविका प्रअ विश्वनाथ सुवेदी
, रूपाताल संरक्षण परियोजनाका सूचना अधिकारी
कृष्णबहादुर विक, रूपा गाउँपालिका, वडा नम्बर ६ का वडाअध्यक्ष नारायण गुरुङ,
विद्यार्थी ममता सुवेदी, अभिभावक
पुनम नेपाली, राजकुमार सुवेदी, शिव थापालगायतले
शुभकामना दिएका थिए । कार्यक्रमको सन्चालन शिक्षक सुनिल सुवेदीले गरेका थिए ।

 

प्रकाशित मिति २०८२ पुस १२ गते शनिवार ०२:२२