कुमुदिनी होम्समा अभिभावक शिक्षक अभिमुखीकरण कार्यक्रम

कुमुदिनी होम्समा अभिभावक शिक्षक अभिमुखीकरण कार्यक्रम

Education News

@edunewsnp

२०८२ भदौ १४ गते शनिवार ०३:०१

 पोखरा भाद्र १४ । पोखराको गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा शनिवार आधारभूत तहमा (६ -८ ) अध्ययनरत विद्यार्थीका अभिभावकहरूलाई 'किशोरावस्थामा प्रवेश गरेका बालबालिकामा सामाजिक- संवेगात्मक विकास' का सम्बन्धमा...

 

पोखरा भाद्र १४ । पोखराको
गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा शनिवार आधारभूत तहमा (६ -८
) अध्ययनरत विद्यार्थीका अभिभावकहरूलाई
किशोरावस्थामा
प्रवेश गरेका बालबालिकामा सामाजिक- संवेगात्मक विकास
का
सम्बन्धमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

भाव काठमाडौंका को –
फाउण्डर तथा मनोवैज्ञानिक  द्वोय प्रशान्त
श्रेष्ठ र चाँदनी घिमिरेले अभिभावकहरूलाई सामाजिक भावनात्मक आवश्यकताका विभिन्न
पक्षहरू स्वतन्त्रता
, भावनात्मक सुरक्षा र मान्यता ,
प्रोत्साहन र स्वतन्त्रता तर मार्गदर्शन सहितको विभिन्न पक्षमा
प्रशिक्षित गराएका थिए । यस उमेरका विद्यार्थीमा आउने हरेक किसिमको भावनाको मापन
गरेर उनीहरूलाई सोहीअनुसारको सकारात्मक सोँचका साथ अभिभावक नमूना बनेर प्रस्तुत
हुनुपर्ने कुरामा समेत जोड थियो ।भौतिक सुख सुविधामा रमाउन चाहने आजकलका
केटाकेटीहरूले आफ्ना अभिभावकप्रतिको जिम्मेवारीको बोध गर्नुपर्ने कुरामा संस्थापक
अध्यक्ष अशोक पालिखेले जोड दिए ।त्यस्तै अभिभावक 
राजकुमार कार्कीले यस्ता कार्यक्रमले आफ्ना छोराछोरीको मनोविज्ञान बुझ्न
सहज बनाउने कुरा व्यक्त गरे । सहजकर्ता र अभिभावकहरूबिच विभिन्न विषयमा
अन्तरक्रिया समेत भएको थियो ।

दोस्रो सत्रमा आधारभूत
र माध्यमिक तहका शिक्षकहरूलाई समेत एजुकेटर्स गाइड विषयका विभिन्न पक्षहरूमा
सहजिकरण गरिएको कुरा शिक्षक सुरेन्द्र सदिच्छाले जानकारी दिए ।


प्रकाशित मिति २०८२ भदौ १४ गते शनिवार ०३:०१