कुमुदिनी होम्समा विद्यालयस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

कुमुदिनी होम्समा विद्यालयस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

Education News

@edunewsnp

२०८२ पुस २ गते बुधबार ०३:१२

 पोखरा । पोखरा महानगरपालिका वडा नं. ४ मा रहेको प्रतिष्ठित विद्यालय कुमुदिनी होम्सले आफ्नो ३९ औं वार्षिकोत्सवको अवसरमा चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ । विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले यसपालि ५० विद्यालयका ९६...

 

पोखरा
पोखरा महानगरपालिका वडा नं. ४ मा रहेको प्रतिष्ठित विद्यालय
कुमुदिनी होम्सले आफ्नो ३९ औं वार्षिकोत्सवको अवसरमा चित्रकला प्रतियोगिता सम्पन्न गरेको
छ ।

विद्यालयका संस्थापक
अध्यक्ष अशोक पालिखेले यसपालि ५० विद्यालयका ९६ जना विद्यार्थीहरू चित्रकला
प्रतियोगितामा सहभागी भएका बताए । उनीहरूले स्वतन्त्र रुपमा आफूले चाहेको विषयमा
चित्रहरू बनाएका छन् ।

प्रतियोगितामा कक्षा ५
देखि ८ कक्षासम्म जुनियर र कक्षा ९ देखि १२ कक्षासम्मका सिनियर गरी दुई समूहमा
प्रतियोगिता सम्पन्न भएका छन् । कलाकारहरू सुदिन श्रेष्ठ र बाबुराम बस्ताकोटी
निर्णायक रहेको प्रतियोगितामा जुनियरतर्फ ज्ञानगङ्गा विद्यापीठका  रविन गुरुङ प्रथम
, ग्लोबल कलेजियट स्कुलका श्रेयाश गुरुङ द्वितीय र शिशु कल्याण माध्यमिक
विद्यालयका सुमी गुरुङ तृतीय भएका छन् ।त्यसै गरी सिनियरतर्फ हावर्ड एकेडेमीका
तेजश सुनार प्रथम
,बालोदय माध्यमिक विद्यालयका मिनुका गुरुङ
द्वितीय र कास्की मोडनाइज्ड एकेडेमीका एलिशा श्रेष्ठ तृतीय भएका छन् । विजेता
विद्यार्थीलाई पुस ५ गते हुने विद्यालयको ३९ औं वार्षिकोत्सव समारोहमा पुरस्कार
दिईने भएको छ ।

पालिखेका अनुसार हामीले
कला
,
संस्कृतिको प्रवर्द्धनका लागि विद्यालयमै जे.के. आर्ट म्युजियम
बनाएका छौं । जहाँ देशका प्रख्यात कलाकारका चित्रहरू राखिएको छ । नेपालमै १० हजार
निजी विद्यालयहरूमा यस प्रकारको म्युजियम नभएको त्यो अभावलाई हामीले केही गरौं
भन्ने हिसाबले स्थापना गर्‍यौँ।

वार्षिकोत्सवको अवसरमा
विद्यालयले कास्कीको दुर्गममा रहेका विद्यालयलाई खाजा तथा शैक्षिक सामग्री सहयोग
, आश्रमहरूमा खाद्यान्न सहयोग तथा खेलकुद लगायतका विभिन्न कार्यक्रमहरू
आयोजना गरिएको शिक्षक सुरेन्द्र सदिच्छाले बताए ।

प्रकाशित मिति २०८२ पुस २ गते बुधबार ०३:१२