रूपामा प्रकट पगेनी ‘शिव’ को शालिक शिलान्यास

रूपामा प्रकट पगेनी ‘शिव’ को शालिक शिलान्यास

Education News

@edunewsnp

२०८२ बैशाख ७ गते आईतबार ०३:५४

 पोखरा । प्रसिद्ध गजलकार स्व. प्रकट पगेनी ‘शिव’ को अर्धकदको शालिक बन्ने भएको छ । उनको प्रथम स्मृति दिवसको अवसरमा रूपा- ५ देउरालीमा शालिक शिलान्यास गरिएको प्रकट पगेनी ‘शिव’ स्मृति प्रतिष्ठानका अध्यक्ष टिकाराम पगेनीले जानकारी...

 

पोखरा । प्रसिद्ध
गजलकार स्व. प्रकट पगेनी ‘शिव’ को अर्धकदको शालिक बन्ने भएको छ ।

उनको
प्रथम स्मृति दिवसको अवसरमा रूपा- ५ देउरालीमा शालिक शिलान्यास गरिएको प्रकट पगेनी
‘शिव’ स्मृति प्रतिष्ठानका अध्यक्ष टिकाराम पगेनीले जानकारी दिनुभयो । शनिवार रूपा
गाउँपालिका अध्यक्ष नवराज ओझाले शालिकको शिलान्यास गर्नुभएको थियो । समग्र रूपा
तथा देशकै गहनाका रूपमा रहनुभएका साहित्यकारको सम्मानमा शालिक निर्माण गर्न
लागिएको हो । त्यस्तै रूपा वाङ्‍मय प्रतिष्ठानले पनि प्रकट पगेनी ‘शिव’को स्मृति
दिवसकै अवसरमा उहाँको सम्झनामा प्रकट पगेनी ‘शिव’ स्मृति पुरस्कार प्रदान
गर्नेगरी प्रकट पगेनी ‘शिव’ स्मृति अक्षयकोष स्थापना गर्ने घोषणा गरेको छ भने
अक्षयकोष स्थापनामा  सहयोग गर्न सबैलाई आह्‍वान
गरेको छ ।

प्रकाशित मिति २०८२ बैशाख ७ गते आईतबार ०३:५४