भण्डारी र कडेलद्वारा बाराही आविका विद्यार्थीलाई पोसाक र स्टेसनरी वितरण

भण्डारी र कडेलद्वारा बाराही आविका विद्यार्थीलाई पोसाक र स्टेसनरी वितरण

Education News

@edunewsnp

२०८२ माघ १५ गते बुधबार ०४:४२

 पोखरा, माघ १४ गते । कास्कीको माछापुच्छ्रे गाउँपालिका, वडा नम्बर  ८ स्थित बाराही आधारभूत विद्यालयका विद्यार्थीहरूलाई  खेलकुदका लागि ट्रयाक  र स्टेसनरी सामग्री वितरण गरिएको छ । जनप्रकाश बहुमुखी क्याम्पस, पोखरा २९ का क्याम्पस...

 

पोखरा,
माघ १४ गते ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका, वडा नम्बर  ८ स्थित बाराही आधारभूत
विद्यालयका विद्यार्थीहरूलाई  खेलकुदका
लागि ट्रयाक  र स्टेसनरी सामग्री वितरण
गरिएको छ ।

जनप्रकाश बहुमुखी
क्याम्पस
,
पोखरा २९ का क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा नेपाल शिक्षक
सङ्घ
, कास्कीका पूर्वअध्यक्ष विजयराज भण्डारी र नेपाल शिक्षक
महासङ्घका निवर्तमान सचिव मनिराम कडेलले संयुक्त रूपमा २५ जना विद्यार्थीहरूलाई
सामग्री वितरण गरेका हुन् । व्यक्तिगत रूपमा दुवै जनाले रकम खर्च गरी
विद्यार्थीलाई सहयोग गरेका हुन् ।

नेपाल ट्रेड युनियन
काङ्ग्रेस
, कास्कीका निवर्तमान अध्यक्षसमेत रहेका
भण्डारीले विद्यार्थीमा गरिएको लगानी खेर नजाने बताए । उनले व्यक्तिगत रूपमा पनि
विद्यालयको हितका लागि कार्य गर्न पाउँदा खुसी लागेको बताए ।

ट्रेड युनियन
काङ्ग्रेसकै वरिष्ठ उपाध्यक्षसमेत रहेका कडेलले विद्यार्थीको हौसला प्रदान गर्नका
लागि आफूले सहयोग गरेको बताए । राज्यले विद्यालय सञ्चालनका लागि दिएको सीमित
बजेटका बाबजुद सामुदायिक विद्यालयले आफ्नो कर्तव्य पूरा गर्दै आएको उनले बताए । शान्ति
आधारभूत विद्यालय
, पोखरा-३० का प्रधानाध्यापक
कडेलले सङ्ख्या जति भए पनि जति छन् तिनलाई राम्रो बनाउनका लागि विद्यालय, शिक्षक र
अभिभावक लाग्नुपर्ने बताए ।

विद्यालय व्यवस्थापन
समितिका अध्यक्ष डम्मरकुमारी गुरूङले आफ्नो विद्यालयका विद्यार्थीका लागि शैक्षिक
नेताद्वयको सहयोग अविस्मरणीय रहने भन्दै धन्यवाद ज्ञापन गरे । कार्यक्रममा
प्रधानाध्यापक  प्रकाशमान गुरुङले दाताहरूलाई
धन्यवाद ज्ञापन गरेका थिए ।

प्रकाशित मिति २०८२ माघ १५ गते बुधबार ०४:४२