शुल्क फिर्ताका लागि निर्देशन दिने सहमतिसँगै नौ दिनदेखि जारी विद्यार्थीको आमरण अनसन फिर्ता

शुल्क फिर्ताका लागि निर्देशन दिने सहमतिसँगै नौ दिनदेखि जारी विद्यार्थीको आमरण अनसन फिर्ता

Education News

@edunewsnp

२०८० भदौ १४ गते बिहिबार १०:३५

काठमाडौ । इञ्जिनियरिङ शिक्षामा बढेको शुल्क फिर्ताका लागि निर्देशन दिन त्रिभुवन विश्वविद्यालयका पदाधिकारी सहमत भएसँगै नौ दिन देखि जारी विद्यार्थीको आमरण अनसन फिर्ता भएको छ । विभिन्न विद्यार्थी संगठनका अध्यक्षहरु र विश्वविद्यालयका उपकुलपति...


काठमाडौ । ञ्जिनियरिङ शिक्षामा बढेको शुल्क फिर्ताका लागि निर्देशन दिन त्रिभुवन
विश्वविद्यालयका पदाधिकारी सहमत भएसँगै नौ दिन देखि जारी विद्यार्थीको आमरण अनसन
फिर्ता भएको छ । विभिन्न विद्यार्थी संगठनका अध्यक्षहरु र विश्वविद्यालयका
उपकुलपति सहितका पदाधिकारी बिच पाँच बुँदे लिखित सहमती भएको छ ।

हाल
वृद्धि गरिएको शुल्क फिर्ता लिन निर्देशन दिने
, विद्यार्थी प्रतिनिधि सहित गठन हुने समितिबाट सात दिन भित्रमा प्रतिवेदन
पेश गर्ने र प्राप्त राय सुझावका आधारमा कायम गरिने शुल्कलाई लागू गर्न दुवै पक्ष
सहमत भएका छन् । यसैगरी हाल स्थगित गरिएका प्रवेश परीक्षा सुरु गर्ने
, परीक्षाहरु सञ्चालनमा कुनै बाधा अवरोध नगर्ने र अनसन लगायतका कार्यक्रम
आजैका मितिबाट फिर्ता लिने सहमती पत्रमा उल्लेख छ ।

उक्त
सहमतीसँगै आमरण अनसनमा बसेका विद्यार्थीलाई विद्यार्थी सँगठनका केन्द्रीय
अध्यक्षहरुले जुस खुवाएर अनसन तोडाएका छन् ।

अनसनमा
बसेका मध्ये नेविसंघ पूल्चोक ईकाईका अध्यक्ष सुलभ चापागाईको अवस्था जटिल भए पछि
अस्पतालमा राखेर उनको उपचार गरिदैं आएको थियो ।

इञ्जिनियरिङ
अध्ययन संस्थानले पूर्ण शुल्कीय तर्फको शुल्क ७ लाख ७५ हजार बनाउने निर्णय गरेपछि
विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएका थिए । शुल्क फिर्ताको माग गर्दै
विद्यार्थीले आमरण अनसन सुरु गरेका थिए ।

साभारः एडुखबर

प्रकाशित मिति २०८० भदौ १४ गते बिहिबार १०:३५