बालगृहमा सामूहिक व्रतबन्ध

बालगृहमा सामूहिक व्रतबन्ध

Education News

@edunewsnp

२०८२ चैत ९ गते सोमबार ०२:४७

 स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका रहेको बालगृह अमोरसेवा नेपालमा सामूहिक ब्रतवन्ध सम्पन्न भएको छ । बालगृहमा आश्रितमध्ये २१ जना बालकहरूको एकै पटक ब्रतबन्ध गरिएको हो । हिन्दु धर्मसंस्कारमा छोराहरूको ब्रतबन्ध गर्ने...

 

स्याङ्जा
स्याङ्जाको फेदीखोला गाउँपालिका रहेको बालगृह अमोरसेवा नेपालमा सामूहिक ब्रतवन्ध
सम्पन्न भएको छ ।

बालगृहमा
आश्रितमध्ये २१ जना बालकहरूको एकै पटक ब्रतबन्ध गरिएको हो । हिन्दु धर्मसंस्कारमा
छोराहरूको ब्रतबन्ध गर्ने संस्कार रहिआएको छ । सामाजिक अभियन्ता कमला पराजुलीको
नेतृत्वमा २०६८ सालदेखि सञ्चालित बालगृहमा हाल ४६ जना बालबालिका आश्रित  छन् । अविवाहित पराजुलीले बालबालिकाकै हेरचाह र
भरणपोषणमै जीवन समर्पित गरेकी छन् । 

स्याङ्जाको
ग्रामीण क्षेत्रमा  रहेको बालगृह परोपकारी
मन भएकाहरूको लागि धार्मिक तीर्थस्थल नै बनेको छ । हालसम्म बालगृह सञ्चालनका लागि कुनै
पनि विदेशी सहयोग नलिइएको बालगृहकी संस्थापक पराजुलीले जानकारी दिइन् ।

प्रकाशित मिति २०८२ चैत ९ गते सोमबार ०२:४७